Teej banner
रेड पेपर रेस्ट्रो

रेड पेपर रेस्ट्रो

माघ ३, २०७०

राजधानीमा फरक-फरक किसिमका रेस्टुराँ सञ्चालनमा छन्। सबैले फरक किसिमका परिकारहरू चखाएर ग्राहकलाई आकषिर्त गरिरहेका छन्। यस क्रममा नक्सालको गौरीधारामा केही महिनाअघि खुलेको रेड पेपर रेस्ट्रोले पनि आफ्नो फरक पहिचान बनाएको छ। नेपाली र नेवारी थाली सेट, खाजा सेट एवं पिज्जाका साथै  विशेष परिकार थेन्दुपबाट यो रेस्टुराँले चर्चा कमाएको छ। विभिन्न किसिमका पिज्जाको स्वाद लिन तथा थेन्दुप नामको तिब्बती परिकार चाख्न पारखीहरू यो रेस्टुराँसम्म पुग्छन्। होम डेलिभरीको सुविधाका साथै फेमेली रुम, रुफ-टफको सुविधा आदि भएको यो रेस्टुराँले चाइनिज परिकारलाई प्राथमिकता दिने भनिए पनि सबै किसिमका ग्राहकको भीड बढेकाले सबै किसिमका परिकार उपलब्ध गराइएको सञ्चालक दिपराज भण्डारीले बताए। करिब ७० लाखको लगानीमा खोलिएको यो रेस्टुराँको पिज्जा र थेन्दुपचाहिँ विशेष लोकप्रिय छ।

प्रकाशित :माघ ३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्