
लेनोभोका स्मार्टफोन
माघ १०, २०७०
अहिलेसम्म लेनोभो कम्पनीका ल्यापटप मात्र नेपाली बजारमा थिए, तर अब यसका स्मार्टफोन पनि उपलब्ध हुन थालेका छन्। होराइजन इन्टरप्राइजेज प्रालिले लेनेभोका विभिन्न मोडलका स्मार्टफोनलाई नेपाली बजारमा उपलब्ध गराउन थालेको हो।
लेनोभोका ए-९००, पी-७८०, एस-९२०, एस-८२०, ए-८५०, ए-७०६, ए-५१६, ए-३६९ आई र ए-२६९ आई मोडलका स्माएटफोन सेट लोकप्रिय छन्। सबै सेटमा २ गिगाहर्ज ड्युअल कोर प्रोसेसर, ५ दशमलव ५ इन्चको स्क्रिन, ६ दशमलव ९ एमएमको मेटालिक बडी, १३ मेगापिक्सेलको क्यामेरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छन्। अन्य स्मार्टफोन उत्पादक कम्पनीले अपरेटिङ सिस्टम र इन्टरनल मेमोरीलाई मात्र प्राथमिकता दिँदै आएकोमा लेनोभोका मोबाइलमा ब्याट्रीलाई समेत प्राथमिकता दिइएको कम्पनीको दाबी छ। एक दर्जनभन्दा बढी मोडलमा उपलब्ध यी मोबाइलको मूल्य ८ हजार ४ सयदेखि ५६ हजार रुपैयाँसम्म छ।
प्रकाशित :माघ १०, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्