
मार्यनाको वक्षस्थल देखियो
माघ १७, २०७०
एक फोटोसुटका क्रममा लगाएको भित्री वस्त्र फुस्किएपछि भिक्टोरिया सेक्रेट मोडल मार्यना लिन्चुकलाई आपत् पर्यो। धेरै मानिसको भीडमा उनी पहिरन फेर्न लागेकी थिइन्, तर त्यही क्रममा उनले लगाएको भित्री बस्त्र फुस्कियो र उनको बक्षस्थल देखियो। छेउमै रहेकी एक युवतीले दुवै हातले उनको वक्षस्थल छोपिदिइन। २५ वर्षीया मार्यनालाई त्यस्तो अवस्था देखेर समुद्र तटमा उपस्थित मानिसहरू लाजले रातो भए, तर उनलाई भने त्यसले खासै फरक पारेको देखिएन।
आध्यात्मिक केटी
अमेरिकी गायिका तथा नायिका केटी पेरीले आफूलाई आध्यात्मिक सोच भएकी युवतीका रूपमा चिनाएकी छिन्। भगवान्मा असाध्यै विश्वास लाग्ने उनको तर्क छ। जीक्यू पत्रिकासँग कुराकानी गर्दै केटीले भगवान्को प्रार्थना गरेकै कारण आफूले आकर्षक शारीरिक बनावट पाएको दाबी गरेकी छिन्। ११ वर्षको उमेरमा केटीको शारीरिक बनावट त्यति राम्रो थिए। उनले त्यतिबेला भगवानसँग राम्रो शारीरिक बनावट तथा राम्रो प्रेमी पाउन प्रार्थना गरेकी थिइन्। 'मैले ती दुवै कुरा पाएँ, केटीले भनेकी छिन्— 'म भगवान्प्रति धन्य छु।’ उनी ज्योतिष विद्या तथा एलियनहरूप्रति पनि विश्वास गर्छिन्।
प्रकाशित :माघ १७, २०७०














तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्