
पोखरामा राष्ट्रिय आर्चरी
माघ १७, २०७०
गत साता पोखरामा पाँचौं राष्ट्रिय आर्चरी प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालाको अत्याधुनिक आर्चरी मैदानमा भएको खेलमा पुरुष एकलतर्फ बारा आर्चरी क्लबका मिनबहादुर गुरुङ तथा महिलातर्फ हिमलायन आर्चरी क्लबकी कुष्णमाया स्याङतेनले स्वर्ण पदक जितेका छन्।
७० मिटरको ओपन मिक्स टिममा हिमालयन, अन्नपूर्ण तथा हिमालयनकै अर्को टिमले स्वर्ण, रजत र कांस्य पदक जिते। त्यस्तै ओपन रिकभ पुरुष टिमअन्तर्गत बारा, हिमालयन एवं बाँकेले स्वर्ण, रजत र कांस्य जिते। प्रतियोगितामा ९ स्वर्णसहित हिमालयन आर्चरी क्लब च्याम्पियन घोषित भयो। प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत भएको उक्त प्रतियोगिताको यु-१७ अन्तर्गत पोखराकी १६ वर्षीया रश्मी दर्लामी मगरले सहभागिता जनाउँदै छिन्। काठमाडांैमा भएको फस्ट इन्डोर खेलमा सहभागी भएर दोस्रो स्थान हात पारेकी मगरले ओलम्पिकमा नेपाललाई पदक दिलाउने विश्वास व्यक्त गरिन्।
झन्डै ६ वर्षको अन्तरालपछि दोस्रो पटक पोखरामा भएको प्रतियोगितामा सबैभन्दा कम उमेरमा हिमालय आर्चरी क्लब काठमाडांैकी १४ वर्षीया सौजन्य सुब्बा तथा पाका उमेर समूहमा काठमाडांैबाट सहभागी भए।
प्रतियोगितामा ११ जिल्लाका ६५ जना खेलाडी विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए। जसमा थि्रपिस बाँसको धनु तथा आधुनिक मेटलको धनु प्रयोग गरी प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा एघारौं साफ च्याम्पिनसिपमा सहभागिता जनाएर पदक जितेका रमेश भट्टचन, जित मोक्तान, असिम शेरचन, प्रेमप्रसाद पुन तथा महिलातर्फ आर एल जोशीले पनि प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित :माघ १७, २०७०


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्