Teej banner
मायालु सिर्जना

मायालु सिर्जना

फाल्गुन ९, २०७०

विन्दास स्वभावकी सिर्जना तामाङ (१७) कमलविनायकमा बस्छिन्। पत्रकारितामा भर्खरै प्लस टु सकेकी तामाङलाई नाच्न खुब मन लाग्छ। सिर्जना हिन्दी र नेपाली कल्चरल डान्समा पोख्त छिन्। उनी नृत्य पनि सिकाउँछिन्। सिर्जनाले म्युजिक भिडियोमा अभिनय पनि गरेकी छिन्। घरकी जेठी छोरी तामाङ फेसबुक पनि चलाउँछिन्। उनको बिएफ छैन। सिर्जना भन्छिन्- मलाई हेल्प गर्ने दाइ र अंकलहरू छन्, बिएफको आवश्यकता नै परेको छैन। सिर्जनाका अनुसार उनलाई बिएफ त टेन्सन पो लाग्छ। प्रपोज गर्नेहरूको त लर्कै छ। मलाई एकपटक चान्स देउ प्रुफ गर्छु भन्नेहरू पनि छन्, तर सबै हावा भएको उनी बताउँछिन्। सिरियस खालका कोही छैनन्। केयरिङ, लभिङ र ट्रस्ट गर्न सकिने खालको आए सोच्नुपर्छ— उनले भनिन्। सिर्जना आफूलाई आफ्नै बढी माया लाग्ने बताउँछिन्।

प्रकाशित :फाल्गुन ९, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्