
केकी र सुवास चारुमतीमा
फाल्गुन २३, २०७०
लाजिम्पाट उत्तरढोकास्थित थिएटर भिलेजमा मञ्चन भैरहेको नाटक 'चारुमती'मा नायिका केकी अधिकारी तथा नायक सुवास थापाले मुख्य भूमिका निर्वाह गरिरहेका छन्। सत्यमोहन जोशीद्वारा लेखिएको चारुमती र देवपालबीचको प्रेमकथामा आधारित उक्त नाटकको निर्देशन विमल सुवेदीले गरेका हुन्। नाटकमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले सम्राट् अशोकको भूमिका निर्वाह गरेका छन् भने अरुणा पोखरेल, भोला रिजाल, राजकुमार पुडासैनी आदि कलाकार पनि महत्त्वपूर्ण भूमिकामा देखा पर्छन्।
सर्वोत्कृष्ट मधुमालती
एक साता चलेको पाँचौं राष्ट्रिय बालनाटक महोत्सवमा नाटक 'मधुमालतीको कथा' सर्वोत्कृष्ट भएको छ। महोत्सवको समापनका अवसरमा आइतबार राम केएसीद्वारा निर्देशित उक्त नाटकलाई सर्वोत्कृष्टताको पुरस्कार प्रदान गरिएको थियो। रमेश विकलद्वारा सिर्जना गरिएको नाटक 'मधुमालतीको कथा' लाई प्वाइन्ट एकेडेमीले प्रस्तुत गरेको हो। शैली थिएटर एवं रूसी सांस्कृतिक केन्द्रद्वारा संयुक्त रूपमा आयोजित बालनाटक महोत्सवमा कलाकार सुदिन लुइँटेलले नाटक 'शान्ति चाहन्छौं'बाट सर्वोत्कृष्ट अभिनय तथा इच्छा सिंहले नाटक 'मादलको खरी'बाट सर्वोत्कृष्ट निर्देशकको पुरस्कार पाएका छन्। महोत्सवमा कलाकार सुप्रिया केसीले सान्त्वना पुरस्कार प्राप्त गरिन्।
प्रकाशित :फाल्गुन २३, २०७०


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्