Teej banner
स्काल नाइटमा फेसन शो

स्काल नाइटमा फेसन शो

फाल्गुन २३, २०७०

ट्राभल प्रोफेसनलहरूको अन्तर्राष्ट्रिय संस्था, स्कालको नेपाल शाखाले गएको शुक्रबार संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले स्काल नाइट-२०१४ सम्पन्न गरेको छ, जसअन्तर्गत विभिन्न नृत्य तथा फेसन शोको समायोजन गरिएको थियो। बेली डान्सको आकर्षणसहितको फेसन शोले दर्शनीय बनेको उक्त कार्यक्रममा नमुना कलेज अफ फेसन टेक्नोलजीका डिजाइनरहरूले तयार पारेका विभिन्न पहिरन प्रदर्शन गरिएको थियो। सोही कलेजमा अध्ययनरत डिजाइनरहरूले क्याटवाक गरेको फेसन शोमा मौलिक नेपाली कपडा प्रयोग गरी अन्तर्राष्ट्रिय डिजाइनमा ढालिएका पहिरनहरूदेखि हाकुपटासीमा आधुनिक ढाँचाका पहिरन तथा रेड कार्पेटका लागि प्रयोगमा ल्याउन सकिने मनमोहक डिजाइनर गाउनहरूले र्‍याम्प नापेका थिए। हाकुपटासीमा भने नासः मण्डलको आयोजनामा सम्पन्न मिस ज्यापू-२०१३ का सहभागि एवं मुख्य उपाधि विजेताहरूले क्याटवाक गरेका थिए। उक्त फेसन शोको अन्तिम सिक्वेन्समा भने नेपाली बजारमा भर्खरै भित्रिएको बिइङ ह्युमन ब्रान्डका फिमेल वेयरलाई मोडलहरूले र्‍याम्पमा प्रस्तुत गरेका थिए। उक्त फेसन शोमा सर एडमन्ड हिलारीकी नातिनी एमेलिया रोज हिलारी शो स्टपरका रुपमा देखा परेकी थिइन्।

प्रकाशित :फाल्गुन २३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्