गायिका दुलालको सहयोग
फाल्गुन ३०, २०७०
लोकप्रिय गायिका सुनिता दुलालले करिव एक महिनाको सक्रियतापछि मृगौला रोगबाट पिडित सुमन श्रेष्ठलाई मृगौला प्रत्यारोपणका लागि नगद २ लाख ४० हजार रुपैयाँ संकलन गर्न सफल भएकी छिन्। गायिका दुलालले बेलायत, अष्टे्रलिया, अमेरिका, इजरायल, कतार, युएई तथा नेपालका सहयोगी हातहरुबाट संकलन भएको रकम आज शुक्रवार काठमाडौंमा आयोजित एक समारोहमा श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन्। जलबिरे, सिन्धुपाल्चोकका २६ वर्षीया श्रेष्ठ विगत १० वर्षदेखि मृगौला रोगबाट पिडित छन्।
गायकको सहयोग
अमेरिकामा बस्दै आएका गायक गम्बु शेर्पाले पाँच जना सुकुम्बासी बाल-बालिकालाई होस्टलमा राखेर १० कक्षासम्म पढाइदिने भएका छन्। गायक गम्बुले हालै स्थापना गरेको एफसीई संस्थाले देशको विभिन्न ठाउँका गरिब तथा सुकुम्बासी बालबालिकालाई काठमाडौंको जोरपाटिस्थित मेरील्यान्ड इङ्लिस स्कुलको होस्टलमा रोखेर पढाइदिने भएका हुन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एफसीईले पाँच जना बालबालिकालाई खाना, लुगा एवं शिक्षाको सुविधा प्रदान गर्ने जानकारी गराएको हो।
प्रकाशित :फाल्गुन ३०, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्