
फेसनमय इक्लेक्सिया
फाल्गुन ३०, २०७०
गएको शुक्रबार 'इक्लेक्सिया' नामक फेसन ब्रान्डको लन्चिङसँगै सोही नाममा एउटा फेसन सम्पन्न भएको छ। उक्त फेसन कार्यक्रममा ऋद्धि शाह थापा तथा अभिलाशा सिंह बुँदेलाको संयुक्त प्रयासमा सिर्जना भएका विभिन्न पहिरन प्रदर्शन गरिएका थिए। उक्त फेसन शो वेस्र्टन, फ्युजन र ट्रेडिसनल गरी तीन चरणमा विभाजित थियो। स्प्रिङ समर कलेक्सनका रूपमा प्रस्तुत फेसन शोका पहिरनहरू क्रेप, जर्जेट, चन्देरी, सिल्क तथा ब्रोकेड आदि फ्याबि्रकमा उतारिएका थिए।
कार्यक्रममा साडीदेखि चुरीदार कुर्ता सलवार, म्याक्सी, नीलेन्थ वन् पिस, प्लाजो पाइन्ट, सरारा, भिन्टेज स्टाइल आदि पहिरन प्रदर्शन गरिएका थिए। फेसन शोमा १२ जना मोडलले पहिरन प्रस्तुत गरेका थिए। कार्यक्रममा रुद्र ब्यान्डको सांगीतिक प्रस्तुति थप आकर्षण रह्यो।
प्रकाशित :फाल्गुन ३०, २०७०















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्