Teej banner
परिकार उत्सव तथा प्रदर्शनी

परिकार उत्सव तथा प्रदर्शनी

फाल्गुन ३०, २०७०

धनकुटामा पहिलो पटक १ सय ४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर खाना उत्सव सम्पन्न भयो। उक्त अवसरमा १ सय ४ प्रकारका परिकार प्रदर्शन गरिएको थियो। उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था धनकुटा एवं कुसुम सीप विकास प्रशिक्षण केन्द्रले सञ्चालन गरेको उत्सवमा खानाको स्वाद लिनेको ठूलो उपस्थिति थियो।

 आफूसँग भएको खाना बनाउने सीप र क्षमता प्रयोग गर्दै उत्सवमा सहभागी महिलाहरूले विभिन्न परिकार तयार गरेका थिए। उक्त अवसरमा लिम्बू, नेवारी, राई, मगरलगायत विभिन्न आदिवासी जनजातिको जातीयलगायत अन्य नेपाली परिकारहरू प्रदर्शन गरिएको थियो।

प्रकाशित :फाल्गुन ३०, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्