जनताको आवाज
चैत्र ७, २०७०
जिल्लामा पनि सहज तरिकाले पासपोर्ट लिन पाउनुपर्यो। डेढ महिना कुरेपछि बल्ल पासपोर्ट हात पर्छ। अलि छिट्टै पासपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्यो।
- सानु मगर
माछा-माछा भ्यागुतो भने झैं खाना पकाउने ग्यास सिलिन्डरमा एकैचोटी ४ सय रुपैयाँ बढाइदिन्छन्। आन्दोलन गरेपछि ५० रुपैयाँ मात्र घटाउँछन्।
- सुनील लिम्बू, ताप्लेजुङ
ब्रेललिपिको पुस्तक नहुँदा बाग्लुङको जनताधन उमावि, नारायणस्थान आदि केही अन्य स्कुलका विद्यार्थीहरूले सास्ती खेपिरहेका छन्। दृष्टिविहीन विद्यार्थीहरूलाई सरकारले पहिलो प्राथमिकतामा राखोस्।
- कर्मा पौडेल, बाग्लुङ
महिला हिंसा, बलात्कारजस्ता आपराधिक क्रियाकलापले गर्दा महिलाहरू एक्लै हिँड्न सक्ने अवस्था देखिँदैन। जति आवाज उठाए पनि त्यस्ता घटना रोकिएका छैनन्। महिला हिंसा विरुद्ध कडाभन्दा कडा कानुन ल्याउन आवश्यक देखिन्छ।
- राजु कार्की, सोल्टु-७, मकवानपुर
त्रिभुवन विश्वविद्यालयले सुरु गर्ने सेमेस्टर प्रणालीले धेरै विद्यार्थीलाई समस्यामा पारेको छ। एकातिर यो महँगो छ भने अर्कातिर पहिले नै लागू भएर असफल पनि भैसकेको हो। सेमेस्टर प्रणाली लागू भएपछि थोरै व्यक्ति फाइदामा हुन्छन्, जसले अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग पाएका छन्।
- मनोज घिमिरे, सिर्जना लिम्बू
प्रकाशित :चैत्र ७, २०७०














तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्