तोरन्ल उत्सव मनाइयो

तोरन्ल उत्सव मनाइयो

- शिव शर्मा

चैत्र ७, २०७०

थकाली समुदाय यतिबेला आफ्नो समुदायको संस्कार, संस्कृति एवं परम्पराको संरक्षणका लागि बालक, युवादेखि वृद्धवृद्धाहरू जातीय पहिरनमा तोरन्ल पर्व मनाउन जुटेका छन्।  

पाँच दिनसम्म थकाली समुदायले विभिन्न कार्यक्रम गरेर मनाउने यो पर्वका क्रममा जातीय पहिरनमा सहरका विभिन्न भागको परिक्रम गर्दै र्‍याली पनि निकालियो। गत शुक्रबारदेखि पाँच दिन तोरन्ल पर्वको उल्लास पोखरामा देखियो। पर्वको अवसर पारेर देश तथा विदेशमा रहेका आफन्त एवं इष्टमित्रहरूसमेत यतिबेला पोखरा आइपुगेका छन्। कुनै समय महिना दिनसम्म मनाइने यो पर्व अहिले पाँच दिनमा झरेको बूढापाकाहरू बताउँछन्। पर्वमा विशेष गरी पुरुषहरू तारो खेलमा रमाउँछन् भने महिलाहरू कौरी, योवायो खेल्नुका साथै मीठा-मीठा परिकार तयार पारेर आफन्तलाई ख्वाउँछन्। पर्वमा दिवंगत पितृहरूको पूजा गरिनुका साथै छोरी-चेली, भान्जा-भान्जीहरूलाई निमन्त्रणा गरेर मिष्ठान भोजन गराइन्छ।

 

प्रकाशित :चैत्र ७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्