कानदेव मन्दिर

कानदेव मन्दिर

चैत्र १४, २०७०

मन्दिरहरूको सहर काठमाडौंमा देवी-देवताका प्रशस्तै मन्दिर छन्। ललितपुरको कुपण्डोलमा कानदेवता छन्, जसको पूजा गर्दा कान नसुन्नेहरूले कान सुन्न सक्ने विश्वास गरिन्छ। त्यस्तै अर्को देवीको मन्दिर न्युरोडको दक्षिणतर्फ खुला स्थानमा छ। मानिसलाई ठूलो संकट आइपरेका बेला संकटा मन्दिरमा गएर पूजा गरे उक्त संकटबाट मुक्ति मिल्छ भन्ने विश्वास गरिन्छ। अन्य चर्चित मन्दिरहरूमा जस्तो भीडभाड नभए पनि यो मन्दिर बौद्ध तथा हिन्दूहरूको रोजाइमा पर्छ। चैते वा बडादसैंका अवसरमा यो मन्दिरमा मेला पनि लाग्छ।

प्रकाशित :चैत्र १४, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्