किन मानिसहरूले सुनमा सुगन्ध खोजेका होलान् ?

किन मानिसहरूले सुनमा सुगन्ध खोजेका होलान् ?

चैत्र २१, २०७०

खोइ, आफूसँग त सुन पनि छैन र सुगन्ध पनि खोजिएको छैन। सुन हुनेहरूले सुगन्ध मात्र होइन, धेरै कुरा खोज्छन् सर ....।

      - बद्री पंगेनी, गायक

मान्छेको जातै जति भए पनि नपुग्ने, ढुंगा खोज्दा देउता भेटियोस् भन्ने चाहना राख्नेहरूले सुनमा सुगन्ध खोज्नु कुन नयाँ कुरा भो' र ? सुनमा सुगन्ध असम्भव इच्छा तर सपना देख्नु, उद्देश्य राख्नु राम्रै कुरा पनि हो।

      - शुभेच्छा भँडेल, फेसन डिजाइनर

स्वभावैले मानिस असन्तुष्ट प्राणी हो, यसमा मानिसहरूको असन्तुष्टि जाहेर भएको मात्र हो। चिची पनि पापा पनि चाहिने भनेको यही नै हो, सुनमा सुगन्ध.....।

      - धीरज राई, गायक

सुन महँगो धातु भएर होला, सुनको आफ्नै सुगन्ध नभएकाले पनि सुगन्ध खोजिएको हो कि ?

      - अनुप बराल निर्देशक

सुनको भाउ सधैं बढ्ने भएर हुनुपर्छ, परापुर्वकालदेखि अहिलेसम्म पनि सुनको महत्त्व घटेको छैन्, जता पनि सुनकै चासो हुन्छ, त्यही भएर मानिसले यसमा सुगन्ध भैदिए कस्तो हुन्थ्यो होला भनेर परिकल्पना गरेका होलान्।

      - पल्पसा डंगोल, हास्यकलाकार

प्रकाशित :चैत्र २१, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्