
एसएलसी प्रिन्सेस अर्को महिना
चैत्र २१, २०७०
एसएलसी परीक्षामा सहभागी छात्राहरूको व्यक्तित्व विकास, आत्मविश्वास, मतालगायत नेतृत्व विकासका सम्बन्धमा मार्ग निर्देशन दिंदै उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा अगाडि आउन सहयोग पुर्याउने हेतुले यो कार्यक्रम सञ्चालन हुदै आएको आयोजक संस्था सिजन मिडियाले जनाएको छ। वैशाखको दोस्रो सातासम्म आवेदन दिएकाहरूबाट अडिसन लिई अन्तिम प्रतियोगीको निक्र्योल गरिनेछ। आयोजक संस्थाका अनुसार छनौट भएका सहभागीहरूलाई प्रशिणपश्चात् असारको पहिलो साता ग्रान्ड फिनालेमा उतारिनेछ।
यसैगरी एसएलसी दिएर बसेका युवतीहरूलाई लक्षित गर्दै बन्दना कला केन्द्रले यस वर्षको मिस एसएलसीका लागि आवेदन माग गरेको छ। बन्दना कला केन्द्रका अनुसार नयाँ वर्ष २०७१ सँगै प्रारम्भ हुने उक्त प्रतियोगितामा यसै वर्ष एसएलसीमा सहभागी भएका छात्राले मात्र आवेदन दिन सक्नेछन्। प्रतियोगिताको पहिलो अडिसन वैशाख १८ गते इलाम, २० गते दमक तथा २७ गते काठमाडांैमा हुनेछ।
प्रकाशित :चैत्र २१, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्