
काठमाडौंमा सन्नी लियोनको ठुम्का
वैशाख ५, २०७१
करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न सफल अमेरिकी पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन नेपाली नयाँ वर्ष २०७१ लाई स्वागत गर्न पुनः एकपटक काठमाडौं आइन्। यसपटकको उनको भ्रमणलाई गोप्य राखियो। न्यू इयर इभको दिन गत आइतबार बौद्धस्थित ह्यात होटलमा सम्पन्न सांगीतिक कार्यक्रमसहितको डान्स पार्टीको प्रमुख आकर्षण सन्नी लियोन नै थिइन्। कार्यक्रम प्रारम्भ हुनुअघि साँझ करिब ६ बजे नै कार्यक्रमस्थलमा आएर नृत्यको अभ्यास गरेपछि उनी करिब साढे १० बजे कार्यक्रममा सहभागी भइन्। कार्यक्रममा उनले हालै प्रदर्शन भएको चलचित्र 'रागिनी एमएमएस-२' को आइटम गीत 'चार बोतल भोड्का...' को रिमिक्स भर्सनमा आइटम डान्स गरेकी थिइन्। उनलाई नेपाली नृत्यांगनाहरूले साथ दिएका थिए। करिब ५ मिनेट कम्मर मर्काएपछि सन्नीले केही समय फोटोसेसनमा बिताइन्। डान्स पार्टीमा उपस्थित युवा-युवतीले सन्नीसँग फोटो पनि खिचाए। करिब ११ बजे राति सन्नी कार्यक्रमबाट बाहिरिइन्। डिनर खाएर राति १२ बज्न केही मिनेट बाँकी रहँदा उनी पुनः कार्यक्रमस्थल फर्किइन्। काउन्टडाउन प्रारम्भ भयो... दस, नौ, आठ... ठ्याक्कै १२ बजे हातमा माइक लिएर सन्नी चिच्याइन्- 'ह्याप्पी न्यू इयर....।'
प्रकाशित :वैशाख ५, २०७१

















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्