दिवस उप्रेती, नायक

दिवस उप्रेती, नायक

- कृष्ण भट्टराई

वैशाख १२, २०७१

अचेल केमा व्यस्त हुनुहुन्छ ?

म्युजिक भिडियो तथा चलचित्रमै व्यस्त छु। यतिबेला चाहिँ मेरो नयाँ चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' प्रदर्शन हुन लागेकाले त्यसको प्रमोसनमा सक्रिय छु।  

'मेरो बेस्ट फ्रेन्ड’ मा तपाईंको कस्तो भूमिका छ ?

मैले नायिका प्रियंका कार्की र नायक रेस मरहट्ठाको बेस्ट फ्रेन्डको भूमिका निर्वाह गरेको छु।

अहिलेसम्म कतिवटा चलचित्रमा काम गरिसक्नुभयो ?

करिब एक दर्जन पुगे। 'मर्यादा', 'मिस्टर मंगले', 'द सोल्जर' आदि प्रदर्शन भैसके।

कुन नायिकासँग केमेस्ट्री मिल्छ जस्तो लाग्छ ?

म्युजिक भिडियोमा केकी अधिकारीसँग अनि चलचित्रमा प्रियंका कार्कीसँग।

घरमा बोलाउने नाम ?

घरमा मलाई दीपक भनेर बोलाइन्छ। नागरिकतामा पनि यही नाम छ।  

त्यस्तो कुन ठाउँ छ, जहाँ बारम्बार गैरहन मन लाग्छ ?

थाइल्यान्डको कोसुमाइ टापु। सन् २००४ मा करिब एक साता बिताएको उक्त टापु गैरहन मन लाग्छ, तर दोहोर्‍याएर जान सकेको छैन।

तपाईंले गरेको सबैभन्दा खतरनाक काम ?

कुनै समय मेरो नाम कुनै युवतीसँग जोडिएको थियो। त्यो क्षण नै मलाई सबैभन्दा खतरनाक लाग्छ।  आफूमा कुनै एउटा कुरा परिवर्तन गर्ने अवसर पाउनुभयो भने ?

मेरो बाहिरी स्वरूप देखेर मानिसहरू मबाट टाढै बस्न रुचाउँछन्। म भित्रबाट अति नै कोमल भए पनि लुक्सका कारण सबैको प्यारो हुन सकेको छैन। त्यस्तो अवसर पाएँ भने म आफ्नो बाहिरी आवरण परिवर्तन गर्नेछु।

केसँग डर लाग्छ ?

समयसँग। जीवनमा धेरै उतार-चढाव भोगेकाले कुनै पनि बेला जे पनि हुनसक्छ भन्ने कुराले डराउँछु।

तपाईंको राम्रो बानी ?

सहयोगी भावनाको छु। हरेक कुराका लागि स्ट्यान्डबाइ रहन मन पराउँछु तर मेरो बाहिरी आवरणका कारण यो बानी धेरैले थाहा पाएका छैनन्।

नराम्रो बानी ?

पहिले-पहिले अलि चाँडै रिसाउँथे तर अहिले त्यो बानी पनि सुधारिसकेको छु।

सेक्सी लाग्ने कुनै नेपाली सेलिब्रेटी ?

विगतमा झरना बज्राचार्य, अहिले कोही छैनन्।  

बाटोमा कुनै राम्री युवती देख्दा कस्तो लाग्छ ?

रूप मात्र राम्रो हो कि मन पनि भनेर सोच्छु। यदि रूपजस्तै मन पनि राम्रो भए मित्रता गाँस्न पाए हुन्थ्यो भन्ने लाग्छ।

पछिल्लो पटक सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो ?

डेढ वर्षअघि अमेरिकाको भिसा लाग्दा एकदमै खुसी भएको थिएँ।

किन्न बाँकी महत्वपूर्ण वस्तु ?

पोखरामा एउटा घर किन्न मन छ। अवकाशपछि बाँकी जीवन पोखरामै बिताउने भित्री इच्छा छ।  

कुनै युवतीले अचानक समातेर चुम्बन गर्न थालिन् भने ?

म ती युवतीलाई चुम्बन गर्न दिन्न। चलचित्रमा त म चुम्बनको दृश्यका लागि तयार हुन्न भने नचिनेकी युवतीलाई चुम्बन गर्न दिने कुरै आउँदैन।

प्रकाशित :वैशाख १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्