
गर्मी महिनाको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
वैशाख २६, २०७१
कोल्डडि्रंक्स पिउन पाइन्छ र भारी कपडा लगाएर हिँड्नु पर्दैन।
- अर्जुन अधिकारी, निर्देशक
गर्मी महिनामा टिसर्ट लगाउन पाइन्छ, त्यही नै हो मन पर्ने पक्ष, अनि आइसक्रिम पनि खान पाइन्छ।
- नरेन्द्र प्यासी, गायक
गर्मी महिनामा फलफूल खान पाइन्छ, खासगरी मेवा र लिची खान मज्जा हुन्छ, मलाई मन पर्ने विभिन्न रंगका पहिरन लगाउन पाउँछु। गर्मी महिनामा जस्तो पनि गेटअप क्यारी गर्न सकिन्छ।
- एलिसा बज्राचार्य, मिस नेवाः
गर्मी महिनामा साथीहरूसँग बसेर चियो बियर खान मन लाग्छ, गर्मीमा चिसो बियर खानुको मज्जा नै बेग्लै हुन्छ।
- अराज केशव, निर्देशक/संगीतकर्मी
गर्मी महिनामा केटीहरू छोटा पहिरन लगाएर निस्कन्छन्, त्यो बेला सहर बजारको वातावरण नै सेक्सी भएजस्तो लाग्छ, मलाई त्यही नै मनपर्छ।
- किरण लाकौल, मोडल
गर्मी महिनामा रात छोटो दिन लामो हुन्छ, काम गर्न समय पर्याप्त भएजस्तो लाग्छ, अनि कपडा पनि कम प्रयोग हुन्छ, हामी जस्ता अविवाहितहरूले धेरै कपडा धुने झन्झट बेहोर्नुपर्दैन्।
- सुदीप रेग्मी, गीतकार
भेडेटार पुगेर रमाइलो गर्नु आनन्ददायक लाग्छ। चिसो-चिसो त्यो रमणीय स्थलमा पुग्दा गर्मीले रापिएको शरीरले राहत महसुस गर्छ
- बी.बी. फुयाँल, निर्देशक
प्रकाशित :वैशाख २६, २०७१


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्