Teej banner
सक्षम सिर्जना

सक्षम सिर्जना

- सन्तोष राई

जेष्ठ ३०, २०७१

मोडलिङ, आरजे, भिजे तीनै विधामा सक्षम छिन् सिर्जना सुब्बा। झापा, दमककी सुब्बाले लिम्बू चलचित्रबाट कलाक्षेत्रमा 'डेब्यु' गरेकी हुन्। त्यसपछि उनले केही म्युजिक भिडियोको अनुभव पनि बटुलिन्। पाथीभरा फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र 'म हुँ राष्ट्रको भूमिपूत्र' मा उनी बोल्ड भूमिकामा छिन्। यहाँसम्मको उनको यात्रा हेर्दा उनलाई सक्षम युवती भन्नु अत्युक्ति हुँदैन। स्पष्ट वक्ता सृजना भन्छिन्- 'कथाको मागअनुसार अभिनय गर्न प्रयासरत हुन्छु।' मौसमअनुसारको कपडा लगाउन मन पराउने सिर्जना अभिनयलाई कला मान्छिन्। सिर्जना समाजमा सक्षम नारीका रूपमा परिचय बनाउन चाहन्छिन्।

प्रकाशित :जेष्ठ ३०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्