Teej banner
बाइक स्टन्ट गर्दा

बाइक स्टन्ट गर्दा

  • सुवानी थापा, लेडी स्टन्ट राइडर

असार २०, २०७१

चोभारको मलपोखरीमा बाइक स्टन्ट भैरहेको थियो। साथीले खबर सुनाएपछि म क्यामेरा भिरेर त्यसतर्फ लागें। खासमा मलाई बाइक स्टन्टको रोमाञ्चक तस्विर खिच्न मन थियो। यद्यपि त्यहाँ पुगेपछि मेरो ध्यान तस्विरभन्दा पनि स्टन्टतर्फ मोडियो। अनि मैले सिनियर राइडर दिपेश श्रेष्ठलाई भने- 'दाइ, म एकचोटी ट्राइ गरौं ?'

उनले अति सहज ढंगले मलाई स्टन्टका सम्बन्धमा बताए। मैले एकतर्फ उभिएर बाइकलाई वृत्ताकार शैलीमा घुमाइदिएँ। सायद मलाई 'गर्न सक्छु' भन्ने भित्रैदेखि आत्मविश्वास थियो। त्यसैले दिपेश दाइले सिकाएको स्टन्ट एकै पटकमा फलो गरेर देखाइदिएँ। दाइ खुसी भए। त्यतिबेला मैले गरेको स्टन्टलाई ल्यान्डस्केप भनिँदो रहेछ। यस किसिमको स्टन्ट गर्न राइडर र बाइकको सन्तुलन मिल्नुपर्छ।

त्यसपछि म थप हौसिएँ र स्टन्ट सिक्न थालें। दरबारमार्गमा आयोजित 'डान्सपार्टी विथ स्टन्ट शो' मा मैले पहिलो पटक स्टन्ट देखाएँ। मलाई थाहा भएसम्म त्यसअघि नेपालमा महिलाहरूले यसरी स्टन्ट देखाएका थिएनन्। पहिलो पटक लेडि स्टन्ट राइडरका रूपमा दर्शकहरूले मलाई निकै अनौठो मानेर हेरें। त्यसपछि काठमाडौं र काठमाडौंबाहिरका जिल्लाहरूमा पुगेर पनि मैले स्टन्ट देखाएँ।

बाहिरबाट हेर्दा यो निकै खतरनाक देखिन्छ। यद्यपि स्टन्टको आधारभूत ज्ञान भएपछि त्यति जोखिमपूर्ण हुँदैन। अहिले त यसलाई व्यावसायिक रूपमै अघि बढाउन सकिन्छ। मोटरसाइकल कम्पनीहरूले गर्ने इभेन्टदेखि विभिन्न कार्यक्रममा बाइक स्टन्ट देखाउने गरिएको छ।

प्रकाशित :असार २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्