Teej banner
प्रियंका कार्की, नायिका

प्रियंका कार्की, नायिका

श्रावण ९, २०७१

कतिवटा चलचित्रमा काम गर्नुभयो ?

११ पुग्न लाग्यो।

तपाईं मिडियामा हिट कि चलचित्रमा ?

चलचित्रमा काम गर्ने भएकीले चलचित्रमा, नायिका भएकीले मिडियामा पनि।

तपाईंले अभिनय गरेका धेरै चलचित्र त चलेनन् नि ?

सबै चल्छन् भन्ने पनि छैन, सफल हुनलाई असफलताको स्वाद पनि चाख्नै पर्छ। 'झोले', 'नाइँ नभन्नु ल' जस्ता सफल चलचित्र पनि त छन्।

चलचित्र नचल्नुमा तपाईंको छनौट गलत कि निर्माण नै गलत ?

केही दर्शकलाई मन परेन, केहीको रिलिज नै गलत भयो, तर जतिमा म देखिएँ सबैमा दर्शकले मलाई मन पराएको पाएको छु।

चलचित्र नचल्दा करियरमा फरक पर्दैन ?

फरक पर्ने भएको भए, अहिले म यति व्यस्त हुन्न थिएँ।

चलचित्रमा बिकनी लगाएर आउने कुरा गर्नुभएछ ?

कुनै चलचित्रमा बिकनी लगाउनुको लजिक गतिलो छ भने मात्र लगाउन सकिन्छ भनेकी हुँ।

'मेरो बेस्टफ्रेन्ड’मा लगाउनुभएको छ नि ?

त्यो मलाई सुहाएको थिएन र ?

तपाईंलाई दिक्क लाग्ने आफ्नै बानी ?

बढी मिलनसार छु कि !

कुन नेपाली एक्टरसँग अनस्क्रिन रोमान्स गर्ने मन छ ?

सौगात मल्ल।

सौगात मल्लसँग त भर्खरै 'फन्को’मा काम गर्नुभयो, हैन र ?

तर रोमान्स गर्न पाइएन नि त। ऊ मेरो अपोजिटमा थिएन।

सेक्सी लाग्ने तीन स्वदेशी पुरुष ?

पारस खड्का, भूषण दाहाल र अनुपविक्रम शाही।

स्वादिलो गरी पकाउन आउने कुरा ?

मम र कुखुराको मासु।

तीन कुरा जुनबिना बाँच्न सक्नुहुन्न ?

मोबाइल विद इन्टरनेट, नृत्य र अभिनय।

कुन सेलिब्रेटीलाई देख्दा सेक्स डिजायर बढेको अनुभूति हुन्छ ?

ऋतिक रोशन।

डान्स कोरियोग्राफ पनि गर्न थाल्नुभएछ ?

'पुन्टे परेड'को कुरा गर्नुभएको होला, तर थालेकी होइन, केही म्युजिक भिडियोमा गरिसकेकी छु। म नायिका नभएको भए डान्स कोरियोग्राफर हुन्थें।

श्रीमान्लाई किन छाडेको ?

विवाहपछि थाहा भयो कि ऊ र म एक-अर्काका लागि बनेका रहेनछौं।

प्रेम विवाहमा पनि त्यस्तो हुन्छ त ? पहिले नै एक-अर्काका बारेमा थाहा थियो होला नि ?

प्रेम गर्दा जस्तो व्यवहार हुन्छ, विवाह पछि फरक पर्दो रहेछ।

अब फेरि विवाह नगर्ने ?

गर्ने नि किन नगर्ने ? केही वर्षपछि।

त्यसो भए रोजिसक्नुभयो ?

रोजिसकेकी छैन, अहिले रोज्ने र खोज्ने फुर्सद पनि छैन।

अबको १० वर्षपछि तपाईंलाई कुन अवस्थामा

भेटिएला ?

उमेर १० वर्ष बढे पनि यस्तै बोली, यस्तै व्यवहारका साथ यही क्षेत्रमा कटिबद्ध हुन्छु।

सेक्स केका लागि, सन्तान उत्पादन कि चरम आनन्द ?

अवस्था हेरेर।

प्रकाशित :श्रावण ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्