Teej banner
किम कार्दशियन बन्ने प्रयासमा

किम कार्दशियन बन्ने प्रयासमा

श्रावण ९, २०७१

रियालीटी शो कि चर्चित पात्र किम कार्दशियनको चर्चा पश्चिमी सञ्चारमाध्यममा बढी नै हुन्छ। किमका प्रत्येक हाउभाउ, लवाइ, हिँडाइ प्रशंसकहरूलाई आकर्षण लाग्ने हुनाले पनि सञ्चारमाध्यमले उनलाई सधंै घेरिरहेका हुन्छन्। सन् २००९ मा किपिंग अप विथ द कार्दशियन टेलिभिजन कार्यक्रम हेरेपछि क्लाइरा लिसनलाई पनि किम जस्तै बन्ने धुन चल्यो। बेलायतकी २४ वर्षीया यी किशोरीलाई किमको हाउभाउले कति प्रभाव पार्‍यो भने उनी किमजस्तै देखिने अभियानमा लागिन्, जसका लागि उनले वक्षस्थलको शल्यक्रिया गरिन् भने दाँतलाई पनि किमको जस्तै सेतो बनाइन्। किमको शरीरको सर्वाधिक आकर्षक मानिने पुठ्ठाको अनुकरण गर्ने आफ्नो पुठ्ठा पनि ठूलो बनाउने प्रयास गरिन्। यद्यपि उनको पुठ्ठा किमको जत्रो हुन सकेको छैन। अहिले उनी पुठ्ठा ठूलो देखिने प्याड भएको पेन्टि लगाउँछिन्। लिसनको योजना निकट भविष्यमै पुठ्ठा ठूलो बनाउने शल्यक्रिया गराउनेछ। हालै आईटिभीलाई अन्तर्वार्ता दिँदै क्लाइराले भनिन्— मेरो र किमको स्वभाव मिल्ने हुनाले पनि मैले उनीजस्तै बन्ने प्रयास गरेकी हुँ। अझै केही शल्यक्रिया गरेपछि म उनीजस्तै देखिनेछु। यसका लागि क्लाइराले अहिलेसम्म करिब २९ लाख रुपैयाँ खर्च गरिसकेकी छिन्।

 

प्रकाशित :श्रावण ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्