Teej banner
२० हजारसम्मका स्मार्टफोन

२० हजारसम्मका स्मार्टफोन

श्रावण ३०, २०७१

धेरै पैसा खर्च गर्नु पर्दैन, न त एप्पलको आइफोन वा सामसुङको ग्यालेक्सी एस फाइभजस्ता महंगा स्मार्टफोन नै किन्नुपर्छ। नेपाली बजारमा विद्यार्थी वा सर्वसाधारणका लागि त्यस्तै फिचर भएका सस्तो मूल्यका स्मार्टफोन पनि प्रशस्तै छन्।

नेपाली बजारमा अझै सस्तो मूल्यका स्मार्टफोन पनि उपलब्ध छन्। साप्ताहिकले नेपाली बजारमा उपलब्ध लगभग २० हजार रुपैयाँ मूल्य पर्ने केही स्मार्टफोनका बारेमा जानकारी लिएको थियो। धेरै ब्रान्डका स्मार्टफोन यही मूल्यमा उपलब्ध छन्। सामसुङको ग्यालेक्सी कोर टु एउटा उदाहरण हो। यसमा एन्ड्रोइडको पछिल्लो भर्सन किटक्याट ओएस राखिएको छ। यसको मूल्य १७ हजार ९ सय रुपैयाँ मात्र छ। प्रयोगकर्ताहरू यसमा लगभग ग्यालेक्सी एस फाइभकै फिचर भएको बताउँछन्।

किटक्याट ओएस लोकप्रिय भएकाले बजारमा उपलब्ध कतिपय स्मार्टफोनको ओएसलाई किटक्याटमा रूपान्तरण गर्न सक्ने सुविधा पनि उपलब्ध छ। कार्बनको टाइटानियम एस फाइभ प्लसलाई १९ हजार, माइक्रोम्याक्सको हेक्साकोर क्यानभास एचडी प्लसलाई २० हजार, कलर्सको के ११ लाई २० हजार ५ सय, बिक्यूको एस ६० लाई १७ हजार ५ सय, लेनोभोको ७०६ लाई १९ हजार ५ सय, एलजीको एल ७० लाई १८ हजार ५ सय रुपैयाँ पर्छ। सोनीको एक्सपेरिया एलको मूल्य १९ हजार रुपैयाँ छ। यी सबै स्मार्टफोनका ओएसलाई किटक्याटमा रुपान्तरण गर्न सकिन्छ। अन्य फरक विशेषता भए पनि सबैमा राम्रोसँग थ्रीजी इन्टरनेट चलाउन, तस्बिर खिच्न र अन्य यस्तै कार्य गर्न सकिन्छ। यिनमा विभिन्न प्रकारका इन्टरनल मेमोरी छन् र तिनलाई बढाउन पनि सकिन्छ। ब्याट्री पनि टिकाउ नै छन्। कतिपयको स्क्रिन पनि एचडी अर्थात् हाई डिफिनिसनयुक्त छ। बिक्यूको एस ६० मा आइपिएस एलसिडी स्क्रिन प्रयोग गरिएको छ, जसले गर्दा खसेर वा अन्य कारणले केही भए पनि स्क्रिन र डिस्प्ले एउटामा मात्र असर पुग्छ। कलर्सको के ११ लाई विभिन्न कोडका आधारमा पनि चलाउन सकिन्छ। यसमा पेन ड्राइभ पनि प्रयोग गर्न सकिन्छ। स्क्रिन साइज पनि चार वा पाँच इन्चको हाराहारीमा उपलब्ध छन्। आन्तरिक मेमोरी र अन्य विभिन्न सुविधा थप्न सकिन्छ।

प्रकाशित :श्रावण ३०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्