
सगुन शाही बाट सुरबिना कार्की
भाद्र ६, २०७१
चलचित्र ढुवानीबाट उदाएकी नायिका सगुन शाहीको चलचित्र झेलीकी नायिका सुरविना कार्कीसँगको मित्रता निकै गहिरो हुँदै गएको छ। सुरविनाको पहिलो चलचित्र झेलीको छायांकनका बखत आफ्नो थलो सुर्खेतका एक जना परिचितलाई भेट्न पुगेकी सगुनको तिनै परिचितमार्फत सुरविनासँग चिनाजानी भएको थियो। दुई वर्षजतिको अन्तरालमा अहिले यी दुई अति मिल्ने संगी भएका छन्। सुरविना र सगुन सकेसम्म साथै समय बिताउने, सपिङ गर्न जाने, पौडी खेल्ने, घुम्ने मात्र नभै एक-अर्कासँग सल्लाह-सुझाव लिन-दिन तथा सहयोग गर्नसमेत पछि पर्दैनन्। सुरविना हाल एउटा चलचित्रको छायांकनका क्रममा दार्जीलिङमा छिन्। उनी फर्किएपछि सँगै तीजको व्रत बस्ने योजना बनाइरहेकी सगुनले फेसबुक च्याटमार्फत सुरविनाको कुरा यसरी काटिन् :
असल बाइटस्
सहयोगी - सहयोग गर्न पछि पर्दिनन्। मनले खाएको जो-कसैलाई पनि आफूले सकेजति सहयोग गर्न सक्छिन्।
बोलीको पक्का - बोलेको कुरा पुर्याउने मानिस अहिलेको संसारमा भेट्न गाह्रो छ, तर सुरविनाले आफूले बोलेको कुरा पुर्याएको देखेकी छु।
कामप्रति लगाव - कामप्रति उनको लगनशीलता प्रशंसनीय छ। काममा मन दिने उनको बानी मन पर्छ।
अरुको मतलब गर्दिनन्- कुरा काट्नेहरू अनेकौं हुन्छन्, सुरविना अरूले के भन्छन् भन्ने कुराको मतलब गर्दिनन्। त्यतातिर ध्यान दियो भने काममा अघि बढ्न सकिँदैन भन्ने उनको तर्क हुन्छ।
सम्मान र माया गर्ने - आफूभन्दा ठूलालाई आदरसम्मान अनि सानालाई माया गर्छिन्।
खराब बाइटस्
अरूको विश्वास गर्ने - अरूको कुराको तुरुन्तै विश्वास गर्छिन्, जसले गर्दा पटक-पटक धोका खाएकी छिन्।
बालापन - ठूली भैसकेर पनि उनको बालापन गएको छैन, उनले यो बानी सुधार्नुपर्छ।
बढी बोल्ने - यति धेरै बोलिरहन्छिन् कि अगाडि बसेको मान्छेलाई दिक्क लागेको होला भनेर पनि सोच्दिनन्।
खानामा बढी मोह - खाना खाइरहने बानी छ, उनले खानामा कन्ट्रोल गर्नुपर्छ।
व्यायाम गर्दिनन् - व्यायाम गर्ने कुरामा अल्छी गर्ने भएकाले अहिले उनी मोटाएकी छिन्। उनले व्यायाम गर्नु आवश्यक भैसकेको छ।
प्रकाशित :भाद्र ६, २०७१









तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्