
पलेँटीमा दीपक, कुन्ती र आभास
भाद्र १३, २०७१
'पलेँटी उत्सव' ले यो वर्ष तेस्रो श्रृंखला मनाउने भएको छ। बडादसैंको आगमनसँगै भित्रिने यो सांगीतिक उत्सवले यसपालि दीपक खरेल, कुन्ती मोक्तान तथा आभासलाई प्रस्तुत गर्दैछ। ७० र ८० को दशकमा नेपाली संगीत आकाशलाई सुप्रसिद्ध गीतहरू दिएका दीपक खरेल आज पनि उत्तिकै लोकपि्रय छन्। लामो समय श्रोता-दर्शकसँगको सम्पर्कबाट टाढा रहेका खरेलको गत वर्ष मात्र पलेँटी श्रृंखलामार्फत पुनरागमन भएको थियो।
अर्की प्रस्तोता कुन्ती मोक्तान ८० को दशकको अन्त्यतिर दार्जीलिङ छाडेर नेपाल आएकी हुन्। मोक्तान विशेषगरी शास्त्रीय आधारमा बसेर श्रोताको मन जित्ने भाका सुनाउने गायिकाका रूपमा परिचित छिन्। उनका गीतले सबै खालका श्रोताको मन जितेको छ। पलेँटीलाई १० वर्षदेखि सञ्चालन गर्दै आएका संयोजक एवं गायक आभास स्वयं पनि यसपटक प्रस्तुत हुने तयारीमा छन्। प्रगतिशिलकालीन संगीत 'संकल्प'बाट सुरु भएर पछिल्लो समय कविताहरूमा आधारित सिर्जनालाई बढी जोड दिँदै आएका कवि एवं गायक आभास प्रयोगवादी संगीतकारका रूपमा चिनिन्छन्। नेपालयले आयोजना गर्ने यो संगीत उत्सव भदौ २६, २७ र २८ गते डिएभी स्कुलको अडिटोरियममा चल्नेछ।
यसपालिको पलेँटी उत्सवमा भदौ २६ गते बिहीबार (११ सेप्टेम्वर) गायक तथा संगीतकार आभासले आफ्नो संगीत प्रस्तुत गर्नेछन् भने भदौ २७ गते शुक्रबार (१२ सेप्टेम्बर) गायिका कुन्ती मोक्तानको प्रस्तुति रहनेछ। उत्सवको अन्तिम दिन भदौ २८ शनिबार (१३ सेप्टेम्बर) गायक दीपक खरेल प्रस्तुत हुनेछन्।
प्रकाशित :भाद्र १३, २०७१
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्