
अस्टे्रलियामा डिमोर्चा
भाद्र २०, २०७१
चर्चित डिमोर्चा ब्यान्डले गत साता अस्टे्रलियामा आफ्ना चर्चित गीतले नेपालीहरूलाई झुमायो। मेलबर्नको चर्चित होटल क्राउन क्यासिनोमा ब्यान्डका गायक भाष्करध्वज श्रेष्ठले संगीतपारखीहरूलाई सकुन्जेल नचाए। नेपाली झन्डा बोकेर प्रस्तुत भएका गायक श्रेष्ठलाई कार्यक्रमका खचाचख दर्शकले राम्रो साथ दिएका थिए। डेढ घण्टाको प्रस्तुतिमा भाष्करले आफ्ना नयाँ तथा पुराना गरी १६ वटा गीत सुनाए।
कार्यक्रममा न्युनिल्यान्डका डिजे वि रक, डिजे कन हेलियर, नाइन डबल सेचेन जंगी निशान, डिजे ट्वान्टी तथा डर्टी आरको डिजेइङलिे वातावरणलाई थप तताएको थियो। कार्यक्रममा स्थानिय गायक गायिकाले पनि प्रस्तुति दिएका थिए।
प्रकाशित :भाद्र २०, २०७१















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्