
रोमन कार्की
आश्विन २४, २०७१
मोडलिङलाई आफ्नो करियरका रूपमा लिएर अघि बढिरहेका छन्— रोमन कार्की । भविष्यमा सफल कलाकार बन्ने लक्ष्यका साथ निरन्तर आफ्ना पाइला अघि बढाइरहेको कार्की बताउँछन् । भर्खरै जीवनको दुई दशक पार गरेका रोमन आफ्नो छुट्टै पहिचान बनाउने सोचमा छन् । ५ फुट ६ इन्च अग्ला रोमन समयअनुसार पहिरन छनौट गर्छन् । विशेष गरेर पाइन्ट लगाउन रुचाउने रोमन साथीहरूसँग नयाँ ठाउँ घुमफिर गर्न औधी रुचाउँछन् । मिलनसार स्वभावका रोमनलाई लोभलाग्दो शारीरिक बनावटले साथ दिएको उनका साथीभाइहरूको ठम्याइ छ । अभिनयको सुरुवाती क्षणमा रहेका रोमनलेे नवगायक मिथुन सिवाको 'सयौंपल्ट देखें मैले' गीतमा अभिनय गरेर म्युजिक भिडियोको यात्रा प्रारम्भ छन् । उर्लाबारीस्थित दर्शन कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत रोमन पढाइमा समेत अब्बल छन् । कार्की नेपाली कलाकारहरूमा जीवन लुइँटेल तथा निशा अधिकारीलाई आफ्नो आइडल पर्सन मान्छन् ।
- किशोर श्रेष्ठ
प्रकाशित :आश्विन २४, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्