
दर्शन नमस्ते गुन्जियो अमेरिकामा
कार्तिक ८, २०७१
गायक राजेशपायल राईको अमेरिका टुर सफलतापूर्वक चलिरहेको छ। गायक राईले अमेरिकाका करिब एक दर्जनभन्दा बढी स्थानमा आफ्नो प्रस्तुति दिइसकेका छन्। यही क्रममा कोलोराडोमा आयोजित कन्सर्ट भव्य भएको राईले अनलाइनमार्फत जानकारी दिएका छन्। उक्त अवसरमा गायक राईले नेपालीभाषी दर्शकमाझ दुई दर्जन गीत प्रस्तुत गर्दै सबैको मन जितेका थिए। दर्शन नमस्ते, नाइँ नभन्नु ल, तिमीलाई रोजें, धरान धनकुटा, सागरसरि चोखो माया जस्ता गीत गाएका राजेशले दर्शक-श्रोतालाई मज्जाले नचाएका थिए। नमस्ते इन्टरटेनिङको आयोजनामा सम्पन्न दीपावली म्युजिकल साँझ-२०१४ कोलोराडोको अरोरामा सम्पन्न भएको थियो। स्थानीय कलाकारहरूको समेत प्रस्तुति समेटिएको उक्त कार्यक्रम समयअभावका कारण बीचैमा रोकिएको थियो। 'दर्शकको चाहना पूर्ति हुने गरी गीत गाउन पाइएन्,' राजेशले भने- 'कार्यक्रममै मैले कोलोराडोमा अर्को पटक फेरि प्रस्तुति दिन आउने कुरा बताएपछि मात्र दर्शकहरू शान्त हुनुभयो।'
प्रकाशित :कार्तिक ८, २०७१


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्