देहव्यापारलाई कानुनी मान्यता दिनुपर्छ कि पर्दैन ?

देहव्यापारलाई कानुनी मान्यता दिनुपर्छ कि पर्दैन ?

कार्तिक १५, २०७१

अहँ, बिल्कुल दिनु हुँदैन । किनभने त्यसले समाजमा नकारात्मक असर पार्छ ।

      - कुमार अविरल

नेपालमा सबैभन्दा बढी चल्ने रक्सीको व्यापार हो । यदि देहव्यापारले मान्यता पायो भने देश तहस-नहस हुन्छ । हरेक मान्छे रक्सी पसल र देहव्यापारमा लाग्नेछन् अनि युवापुस्ता कुलतमा फसी देश खाडलतर्फ जानेछ ।

      - समुन्द्र

दिँदा राम्रो, कमसेकम विकृति एवं विसंगतिहरूमा कमी आउँथ्यो कि ?

      - वसन्तसिंह ठकुरी

पर्छ, तर विचार पुर्‍याएर ।

      - सरस्वती पन्थी भुसाल

दिनु हुँदैन, देशमा विकृति भित्रिन्छ ।

      - गोविन्द पोखरेल

जस्तोसुकै कडा कानुन बनाए पनि केही हुने होइन क्यारे । बरु वैधानिकता दिँदा नै बेस होला ।

      - गोविन्द जमकटेल

किन दिने मान्यता ? शतप्रतिशत दिनु हुँदैन । कस्तो मुटु दुख्ने प्रश्न गरेको ?

      - उषा भण्डारी

दिनु हुन्छ, तर नेपाली नागरिकका लागि प्रवेश निषेध गर्नुपर्छ, महिला-पुरुष जो भए पनि ।

      - शिवराज पुन

कानुनी मान्यता दिने होइन, बरु रोक्नुपर्छ ।

      - कुशा पुन

समाजलाई अन्धकारतर्फ लाने हो भने मान्यता दिए हुन्छ ।

      - दिपेन्द्र बस्नेत

मान्यता दिनुहुँदैन । यदि दियो भने कानुन नै बलात्कृत हुनेछ ।

      - विजय थापा

दिनुपर्छ, किनभने जसलाई मन लाग्छ जान्छन, जसलाई लाग्दैन उनीहरू जाँदैनन् । यसले गर्दा ८० प्रतिशत बलात्कार कम हुन्छ ।

      - प्रबिन राई

कानुनी मान्यता नदिए पनि देहव्यापार भैरहेकै छ । त्यसैले राम्रो कानुनको व्यवस्था हुनु आवश्यक छ ।

      - अजय चौधरी

पानी र जवानी रोकेर रोकिँदैनन् । मान्यता दिए हुन्छ ।

      - धु्रवनारायण लामा

मान्यता दिनु राम्रो कुरा हो, तर नियम, कानुन पालना पनि हुनुपर्‍यो ।

      - दीपेन्द्र लिम्बू

मान्यता नदिए पनि देहव्यापार चलिरहेकै छ । दियो भने सरकार र व्यापारी दुवैलाई फाइदा हुन्छ ।

      - जीवन कुमाल

परिवारसँग असन्तुष्ट हुनेहरूले यस्ता कुराको माग राख्छन् । घरमा श्रीमती हुनेहरूले एकपटक आफ्नै श्रीमतीलाई राम्राे नजरले हेरौं न ।

      - जगत

वेश्यावृत्तिलाई मान्यता दिनु भनेको बाँदरलाई भर्‍याङजस्तै हो । विवेकको कमी र हाम्रो देशको कमजोर कानुनले गर्दा आज देहव्यापार फस्टाएर गएको छ । यो बाध्यताको मूल कारण पत्ता लाउन सकिएन भने नेपाल दोस्रो थाइल्यान्ड हुन बेर लाग्दैन ।

      - टिराज अधिकारी

वर्तमान परिस्थितिलाई हेर्दा यसलाई कानुनी रूप दिनुपर्छ जस्तो लाग्छ । दिनदिनै आपराधिक घटनाहरू बढ्नुमा यसलाई कानुनी मान्यता नदिनु नै हो ।

      - केशव खरेल

प्रकाशित :कार्तिक १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्