साप्ताहिकमा नयाँ स्तम्भ लभ मन्त्र पढ्न पाएर खुसी लाग्यो ।

साप्ताहिकमा नयाँ स्तम्भ लभ मन्त्र पढ्न पाएर खुसी लाग्यो ।

कार्तिक २१, २०७१

गएको अंकको साप्ताहिकमा टेकेन्द्र शाह गायक हुनुपर्नेमा गायिका छापिएको रहेछ । यस्तो त्रुटि हुनु भएन ।

      - डिकिला शेर्पा, किर्तिपुर

साप्ताहिकमा नयाँ स्तम्भ लभ मन्त्र पढ्न पाएर खुसी लाग्यो ।

      - अनुज ठकुरी, उदयपुर

युवाहरू नयाँ-नयाँ क्षेत्रमा आउनु खुसीको कुरा हो । (गो अन स्पोट्र्स बाइक, कात्तिक १४) तर त्यसमा आफ्नो भविष्य सुनिश्चित पनि हुनुपर्छ ।

      - लक्ष्मण कार्की

रेखाले सुदर्शनसँग विवाह गर्ने कुरा हल्ला मात्र हो जस्तो लाग्छ मलाई त । (रेखाको बिहे, कात्तिक १४) यथार्थमा विवाह हुँदैन होला ।

      - विष्णु तामाङ

पश्चिमाहरूको नक्कल बढी भयो । (काठमाडौंमा टाटु लाइफ स्टाइल, कात्तिक १४) बरु युवाहरूले मौलिक एवं रचनात्मक काम गरेको जाती ।

      - आकाश अधिकारी

गायिका पूजा गुरुङको मनका कुरा पढ्न पाएर खुसी लाग्यो । (मलाई मनपर्छ, कात्तिक १४) पूजा मलाई मन पर्ने गायिका हुन् ।

      - चित्र कोइराला

साप्ताहिकले सुरु गरेको नयाँ स्तम्भ लभ मन्त्र राम्रो लाग्यो । यसलाई निरन्तरता दिनुहोला । यो स्तम्भ युवाहरूको ढुकढुकी बन्न सकोस् ।

      - प्रबिन कुमार

नेपाली कला, संस्कृति यसरी नै विश्वभर फैलियोस् । (अमेरिकामा न्हुँ: द, कात्तिक १४) नेपाल बाहिर बस्नेहरूले पनि आफ्नो संस्कृतिलाई यसरी नै माया गरिरहून् ।

      - निशा कार्की

शिल्पाले चर्चामा आउन छविसँग आफ्नो नाम जोडेकी हुन् कि ? (छविको छवि, कात्तिक १४) त्यति नगरी माथि पुग्न पनि गार्‍है छ ।

      - अञ्जना राई

रामप्रसादजीसँग माटाका पाला बनाउने काम अरूले पनि सिक्नुपर्‍यो । (म अन्तिम प्रतिनिधि, कात्तिक १४) यो काम साँच्चै प्रशंसनीय छ ।

      - सुबास धरेल

यो त अलि सुहाएन । (२२ प्रतिशत किशोरी आमा बने, कात्तिक १४) उमेर पुगेपछि मात्र विवाह गर्नु उपयुक्त हुन्छ ।

      - बन्धु अधिकारी

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्