Teej banner
दिलीप रायमाझी, नायक

दिलीप रायमाझी, नायक

- सुव्रत आचार्य

कार्तिक २१, २०७१

-    प्रेमका पनि अनेक प्रकार हुन्छन् । त्यसमा पनि दुई किसिममा प्रेम बढी हुन्छन्- टाइमपास प्रेम र लङ्लास्टिङ प्रेम । कसैलाई प्रेम गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले तपाईं कुन किसिमको प्रेम गर्न चाहनुहुन्छ खुट्याउनोस् । मात्र आकर्षण हो भने त्यो टाइमपास हो, उनलाई देख्दा ढुकढुकी बढ्छ भने त्यो लङ्लास्टिङ प्रेम हो ।

-    प्रेम लङ्लास्टिङ बनाउन सबैभन्दा पहिले आफ्नो जिद्दीपन छाड्नुपर्छ । उनलाई मन नपर्ने बानीहरू क्रमश: उनलाई थाहा दिँदै त्याग्दै जानुपर्छ, जसले गर्दा उनले पनि आफ्नो खुसीका लागि आफूलाई त्यही साँचोमा ढाल्दै जान्छिन् ।

-   उनलाई झर्को लाग्ने कुरा गर्नु हुँदैन । उनलाई मन पर्ने कुरा मात्र गरिरहनुपर्छ अनि मात्र उनले पनि आफूलाई मन पर्ने कुरा गर्छिन् ।

-   आफूमा कुनै अम्मल छ भने त्यसको जानकारी गराउनु राम्रो हुन्छ । पक्कै पनि उनले त्यो अम्मल छाड्न कर गर्छिन् । अम्मल उनीबाट लुकाएर गरियो र पछि थाहा भयो भने सम्बन्धमा समस्या उत्पन्न हुन्छ ।

-   यदि उनका बारेमा केही सुनियो भने उनीबाटै स्पष्ट हुनुपर्छ । अर्काको कुरा सुनेर सम्बन्ध बिगार्दा पछि पश्चाताप हुन सक्छ ।

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्