देहव्यापारलाई कानुनी मान्यता दिनुपर्छ कि पर्दैन ?

देहव्यापारलाई कानुनी मान्यता दिनुपर्छ कि पर्दैन ?

कार्तिक २१, २०७१

मान्यता दिनुपर्छ । हामी सबैलाई थाहा भएकै कुरा हो । अरू आधारभूत आवश्यकताका साथै मानव जीवनमा यौनसम्पर्क पनि अति नै आवश्यक छ । यसो गर्नाले समाजमा भैरहेको दुव्र्यवहार कम हुँदै जान्छ, किशोरीहरू बलात्कृत हुनबाट जोगिने थिए ।

      - अमृत चन्द्रवंशी

दिँदा राम्रो । नदिए पनि केही भन्नु छैन ।

      - सन्तोष सिम्खडा

मलाई चाहिँ दिनु हुँदैन जस्तो लाग्छ ।

      - मिसन

गुन्डागर्दीले मान्यता पाएको हाम्रो देशमा देहव्यापारलाई मान्यता दिन के गार्‍हो ?

      - परिवेश सुब्बा

दिनुपर्छ, यसले गर्दा बलात्कारका घटना अलि कम हुन्छन् कि ? हेर्ने हो भने यो व्यापार आज मात्र नभै करोडांै वर्षदेखि चलिआएको छ, न यसलाई रोक्न सकिन्छ न त छेक्न नै ।

      - नन्द गुरुङ

समाजमा विकृति सृजना गर्ने यस्ता घिनलाग्दा कानुन ल्याउनु हुँदैन ।

      - बाबु ढकाल

निश्चित क्षेत्रभित्र मात्र सीमित हुने गरी दियो भने सबैलाई फाइदा हुन्छ ।

      - टेकनाथ बास्तोला

समयअनुसार चल्नुपर्छ । मान्यता दिनुपर्छ तर समय र सीमा तोकेर मात्र ।

      - दामोदर क्षेत्री

रोजगारी दिन नसक्ने मुलुकले देहव्यापारलाई कानुनी मान्यता नदिएर कहाँ सुख पाइन्छ ? व्यवस्थापन भने राम्रो हुनुपर्छ ।

      - प्रशान्त भट्टराई

मान्यता दिनुपर्छ, जथाभावी यौनसम्पर्क गर्ने क्रम रोकिन्छ । एचआइभी, एड्स नियन्त्रणमा पनि सहयोग पुग्छ ।

      - बलभद्र जोशी

दिनु हुन्छ, अहिले पनि हजारौंको रोजगारी देहव्यापार नै छ, बरु कानुनी मान्यता दिए राजस्व पनि आउँछ, त्यसैले मापदण्ड बनाएर दिनुपर्छ ।

      - अभिशेक सापकोटा

नेपालमा राम्रो काम त ढंगसँग गर्दैनन् अनि यस्तो कामचाहिँ कसरी व्यवस्थित रूपमा अघि बढाउलान् ?

      - पंकज काफ्ले

कानुनी प्रक्रिया पुर्‍याएर दिँदा हुन्छ ।

      - सन्तोष सापकोटा

मेहनत गरेर अर्को पेसा अपनाए पनि त हुन्छ नि । किन त्यही पेसामा लाग्ने ?

      - अरुण ढकाल

मान्यता दियो भने देशकै बदनाम हुन्छ ।

      - सन्तोष पौडेल

मान्यता दिए हुन्छ । अहिले पनि हजारौंको रोजगारी देह-व्यापार नै छ । बरु कानुनी मान्यता दिए राजस्व पनि आउँछ ।

      - अभिषेक सापकोटा

यहाँ कानुन बनाउनेहरू नै कानुन उल्लंघन गर्छन् । पहिले कानुन बलियो बनाआंै, जसले यो पेसालाई व्यवस्थित एवं मर्यादित गर्न सकोस् अनि त्यसपछि मान्यता दिँदा हुन्छ ।

      - केसी चोभारे

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्