
प्रिन्सालाई भोट हालौं
मंसिर ५, २०७१
'मिस अर्थ-२०१४' उपाधिका लागि नेपालका तर्फाट प्रतिस्पर्धा गरिरहेकी प्रिन्सा श्रेष्ठ अहिले प्रतियोगिता अर्न्तर्गत विभिन्न विधाको उपाधि दौडमा छिन् ।
उनी बेस्ट नेसनल डाइरेक्टर अफ द इयर विधाको एवार्डका लागि मनोनयनमा परिसकेकी छिन् भने एसिया तथा ओसियाना क्षेत्रका तर्फाट मिस अर्थ-२०१४ अर्न्तर्गतको पिपुल्स च्वाइस एवार्डका लागि पहिलो स्थानमा छिन् ।
यो एवार्डमा प्रिन्सालाई विजेता बनाउन भोट गर्न सबैभन्दा पहिले मिस अर्थ फोरम पेजलाई लाइक गर्नुपर्छ र त्यसपछि http://418179.tbits लिंकमा भोट गर्न सकिन्छ । यसैगरी पिपुल्स च्वाइस एवार्डका लागि यो www.facebook.com/messages/100000155470589 लिंक प्रयोग गर्नुपर्ने हुन्छ ।
यसैगरी याहु ब्युटी फर कज एवार्डका लागि फिलिपिन्सस्थित अनलाइन याहु फिलिपिन्सले अनलाइन भोटिङ सञ्चालन गरेको छ, जसमा मिस अर्थ-२०१४ का प्रत्येक सहभागीले वातावरणका पक्षमा दिएको अभिव्यक्ति राखिएको छ । सोही अभिव्यक्तिका आधारमा आफूले इच्छाएको सहभागीलाई अनलाइनमार्फ र्समर्थन गर्न सकिन्छ, जसका लागि सबैभन्दा पहिले मिस अर्थ-२०१४ को सहभागीको प्रोफाइलमा जानुपर्छ । उसको प्रोफाइललाई आफ्नो फेसबुक र टि्वटर अकाउन्टमा सेयर गर्नुपर्छ र त्यसपछि YahooPH मा ट्याग गरेर hashtag#MissEarth2014 प्रयोग गर्नुपर्छ ।
मंसिर १३ गते दिउँसो तीन बजेसम्म सामाजिक सञ्जालमा सबैभन्दा बढी सेयर प्राप्त गर्ने सहभागि याहु ब्युटी फर कजकी विजेता हुनेछिन् । मिस अर्थ-२०१४ को फाइनल प्रतिस्पर्धा मंसिर १३ गते फिलिपिन्सको क्वेजन सिटीस्थित युनिभर्सिटी अफ फिलिपिन्स थिएटरमा हुँदैछ ।
प्रकाशित :मंसिर ५, २०७१














तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्