निश्मा घिमिरे नायिका

निश्मा घिमिरे नायिका

मंसिर १२, २०७१

अहिले केमा व्यस्त ?

मैले अभिनय गरेको चलचित्र 'लभ यू बाबा' मंसिर २६ मा रिलिज हुँदैछ । त्यसैको प्रचार-प्रसारमा खटिइरहेकी छु ।

'लभ यू बाबा’ त बाबु र उसकी सानी छोरीबीचको सम्बन्धको कथा हो, त्यसमा तपाईंको कस्तो भूमिका छ ?

बाबाकी नायिका भएकी छु । मेरो भूमिका पनि निकै महत्त्वपूर्ण छ ।

आठवर्षे बालनिर्देशकको निर्देशनमा काम गर्दा असहज भएन ?

म बालनिर्देशक सौगात विष्टलाई उसको जन्मदेखि नै चिन्छु । एक प्रकारले हाम्रो अगाडि नै हुर्किएकाले ऊसँग आत्मीयता पनि छ । मेरो अर्को चलचित्र 'जन्मभूमि'मा पनि ऊसँग अभिनय गरेकाले सजिलैसँग काम गरेँ ।

आठ वर्षको बालकले निर्देशन गरेकै हो त ?

हो, उसको सोच उसको उमेरभन्दा अघि छ । सानैदेखि उसमा विलक्षण प्रतिभा थियो । उसले एउटा परिपक्व निर्देशकले जसरी नै हामीलाई निर्देशन गर्‍यो ।

पहिलो चलचित्र ँरिदम’ हिट हुँदा पनि तपाईंलाई फाइदा भएन, किन ?

नायिकाका रूपमा त चिनिए नि । फेरि 'रिदम'मा मेरो भूमिका पनि सानै थियो ।

तैपनि 'रिदम’ हिट भएका हिसाबले त तपाईं एकपछि अर्को चलचित्रमा व्यस्त हुनुपर्ने होइन र ?

मलाई नृत्यप्रति निकै लगाव छ । नृत्य सिकाउन र सिक्नमै मैले बढी समय दिने गरेकी छु । कसैले सम्झेर अफर गर्छन् र चित्त बुझ्छ भने मात्र चलचित्रमा अभिनय गर्ने गरेकी छु ।

यो त निकै घमन्डी किसिमको उत्तर भएन र ?

मलाई चिन्नेहरूलाई थाहा छ कि म  पटक्कै घमन्डी छैन । कामका मामिलामा जे पायो त्यही गर्नु पनि त भएन नि ।

जान्नैपर्ने तर नजानेको काम ?

काम माग्न ।

मीठो गरी पकाउन आउने परिकार ?

चिकेन करी ।

कुन नायकसँग अनस्क्रिन रोमान्स गर्न मन छ ?

फेरि एकपटक जीवन लुइँटेलसँग ।

सेक्सी लाग्ने तीन सेलिब्रेटी ?

सुरजसिंह ठकुरी, गम्भीर विष्ट र तपाईं ।

नाच्न नजानेको भए ?

विराटनगर वा काठमाडौंको कुनै कम्पनीमा जागिर खाइरहेकी हुन्थेँ र पढाइमै बढी केन्दि्रत हुन्थें ।

लभ परेको छ ?

एकपटक पर्न पर्न खोजेजस्तो भएको थियो, तर परेन ।

प्रेम प्रस्ताव कत्तिको आउँछन् ?

उमेर पुगेकी युवतीलाई त्यस्ता प्रस्ताव आउनु सामान्य हो । अहिलेसम्म कसैको प्रस्ताव स्वीकार गरेकी भने छैन ।

अनि ब्वाइफ्रेन्ड नखोज्ने त ?

ब्वाइफ्रेन्ड पनि खोजेर पाइने कुनै सामान हो र ? मन मिलेपछि आफैं पाइन्छ नि ।

विवाह कहिले गर्ने ?

मन मिल्ने कोही भेटेपछि ।

विवाहको पहिलो रात श्रीमान् समलिंगी हुन् भन्ने कुरा थाहा पाइयो भने ?

उसका बारेमा यथेष्ट जानकारी नलिई विवाह गरिन्छ होला त ?

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्