
जाँदा सक्कली आउँदा नक्कली
मंसिर १२, २०७१
चीनका युवतीहरूमा अहिले आफ्नो मुहारलाई पश्चिमी लुक दिने ट्रेन्ड छ । नयाँ लुक दिन चिनियाँ युवतीहरूको गन्तव्य दक्षिण कोरिया हुने गरेको छ । दक्षिण कोरियाकै युवतीहरूले पनि आफ्नो लुकलाई परिवर्तन गरेका कारण दक्षिण कोरिया चिनियाँ युवतीहरूको गन्तव्य बनेको हो । अहिले चीनबाट स्थल वा हवाईमार्ग हुँदै दक्षिण कोरिया जाने चिनियाँ युवतीहरूको संख्या बढेपछि विमानस्थल एवं सीमाक्षेत्रका प्रहरीहरूलाई आवागमन व्यवस्थापन गर्न हम्मे-हम्मे पर्न थालेको छ । चीनबाट जाँदा पासपोर्टमा रहेको तस्बिर दक्षिण कोरियाबाट र्फकंदा नमिल्ने अवस्था आउन थालेपछि प्रहरीलाई अप्ठ्यारो भएको हो । यसका लागि दक्षिण कोरियाका अस्पतालले युवतीको हुलिया परिवर्तन गरेको कागजपत्र बनाई सहयोग गर्ने गरेका छन् ।
आकर्षक अपराधी
क्यानाडामा विभिन्न अपराध गर्दै हिँड्ने एक युवतीलाई 'विश्वकै कामोत्तेजक अपराधी' को संज्ञा दिइएको छ । स्टेफनी वाउडुन नाम गरेकी ती युवतीविरुद्ध प्रहरीमा दर्जनौं मुद्दा छन्, उनीहरूमाथि चोरीका साथै अवैध हातियार राखेको अभियोग पनि छ । नर्सिङकी ती २१ वर्षीया छात्राले आफ्नो अपराध क्यानाडाको कोबेकमा बढी गरेकी थिईन् । स्टेफनीलाई पक्रिन प्रहरीले डुङ्गामाथि बिकिनी लगाएर बसेको उनको तस्बिर सार्वजनिक गरेपछि उनलाई सामाजिक सञ्जालमा विश्वकै कामोत्तेजक अपराधिको उपनाम दिइएको थियो । प्रहरीको फन्दामा परिसकेकी ती युवतीविरुद्ध १ सय १४ वटा अभियोग छन्, जसमा ४२ वटा घरमा चोरी गरेको, ९ वटा हतियार चोरेको लगायत अन्य विभिन्न अभियोग छन् । स्टेफनीले अदालतमा प्रहरीले लगाएका अभियोगहरूमा आफू प्रत्यक्ष संलग्न नरहेको तर ती घटनामा मुछिएको बताएकी छिन् ।
भर्ती हुन कुमारीत्व परीक्षण
इन्डोनेसियाको प्रहरीमा भर्ती हुन चाहने महिलाहरूले कुमारीत्व परीक्षण गराउनुपर्ने कानुन बनेको छ । अहिले अन्तर्राष्ट्रिय संस्थाहरूले प्रहरीले सार्वजनिक गरेको उक्त नियमको विरोध गरिरहेका छन् । कुनै पनि मुलुकमा सेना वा प्रहरीमा भर्ना हुन शरीरिक मापदण्ड तोकिएको हुन्छ, तर कुमारीत्व परीक्षणले महिलाहरूको भावनामा ठेस लाग्ने र त्यसले महिला प्रतिस्पर्धीहरूलाई अपमानित गर्ने भएकाले मानवअधिकारवादी संगठनहरूले उक्त नियम खारेज गर्नुपर्ने बताइरहेका छन् । मानवअधिकारवादीहरूले विरोध गरे पनि प्रहरीले आफ्नो वेवसाइटमार्फत आफूले बनाएको नियममा थप जोड दिँदै कुनै पनि महिला प्रहरीमा भर्ना हुन चाहन्छिन् भने उनको कुमारीत्व परीक्षण गरिने कुरा दोहोर्याएको छ । मलेसियन प्रहरीका प्रवक्ता रोनी सोम्पीका अनुसार महिला प्रहरीमा भर्ना हुन चाहने युवतीको कुमारीत्व सभ्य रूपमा परीक्षण गरिनेछ भने उनीहरूको यौनरोगको पनि परीक्षण हुनेछ ।
चरमोत्कर्षले हैरान
अमेरिकाको एरिजोनामा बसोबास गर्ने एक महिलालाई अत्यधिक चरमोत्कर्ष हुने समस्या देखा परेको छ । ३० वर्षीया कारा अनन्यालाई दुई-तीन मिनेटको अन्तरमै चरमोत्कर्ष हुन्छ जसका कारण उनका सबै किसिमका सार्वजनिक गतिविधि ठप्प हुँदैछन् । चिकित्सा विज्ञानले अहिलेसम्म उपचार गर्न नसकेको यो क्रियालाई विशेषज्ञहरूले रोगको दर्जा दिएका छन् । यो क्षेत्रमा अनुसन्धानरत वैज्ञानिकहरूले उनको शरीर परीक्षण गर्दा लगातार ६ घण्टासम्म चरमोत्कर्ष आएको पाए । काराले एक दिन एउटै स्थानमा बस्दा कति पटक आफू चरमोत्कर्षमा पुग्छु भनेर गन्दा २ घण्टामा १ सय ८० पटकसम्म त्यस्तो स्थिति देखा परेको बताइन्, अर्थात् यो परिवर्तन प्रत्येक मिनेटमा दुई वा तीन पटक हुन आउँछ । यो समस्याका कारण उनी आफ्ना सन्तानको विद्यालयमा हुने विभिन्न गतिविधिमा संलग्न हुन सक्दिनन् । काराका श्रीमान् स्वयं पनि उनमा देखा पर्ने यो समस्यामा आफूले केही गर्न नसक्ने बताउँछन् । सबैतिरवाट निराश भएकी कारालाई चिकित्सकहरूले पनि यो समस्याको उपचार हुन नसक्ने बताइसकेका छन् ।
प्रकाशित :मंसिर १२, २०७१















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्