हाम्रो समाज

हाम्रो समाज

- विदुर

मंसिर १२, २०७१

धनी भए ब्राह्मण, गरिब भए बाहुन

धनी भए चौहान, गरिब भए चुहान

धनी भए भण्डारी, गरिब भए भँडारी

धनी भए सन्थाल, गरिब भए सतार

धनी भए काजी, गरिब भए क्षेत्री

धनी भए गौतम, गरिब भए गोतामे

धनी भए चौधरी, गरिब भए थारु ।

०००

शेरेको छोरा : आज हाम्रो बाख्राले अन्डा पार्‍यो नि !

राम : यो शेरेको छोरा पनि कस्तो गोज्याङ्ग्रो छ भन्या, अब केही काम नपाएर बाख्राले पनि अन्डा पार्छ त ? कुखुराले पार्‍यो भन् न मोरा....।

शेरेको छोरा : तँ धेरै नकरा है, कति न सबै कुरा थाहा पा'को जस्तो गर्दो रै'छ, मैले मेरो कुखुराको नाम नै बाख्रा राखेको छु क्या !

०००

एकपटक एउटी युवती फोटो स्टुडियोमा तस्बिर खिचाउन गइन् । उनले फोटोग्राफरलाई सुन्नुहोस् त भन्दै केही यस्तो कुरा भनिन्, जुन सुन्नेबित्तिकै फोटोग्राफर ठाउँको ठाउँ बेहोस भयो । गेस गर्नुहोस् त युवतीले के भनिन् होला ?

अनुमान गर्न

सक्नुभएन होइन ?

युवतीले भनेकी थिइन् : मलाई पासपोर्ट साइजको तस्बिर चाहिएको छ, तर त्यो तस्बिरमा मेरो नयाँ स्यान्डल पनि

आउनुपर्छ नि ।

०००

युकेजीमा पढ्ने ६ वर्षको एउटा फुच्चे आमासँग कुरा गर्दै ।

फुच्चे : नाइँ आमा, म अबदेखि स्कुल जान्नँ ।

आमा : किन ?

फुच्चे : म अब जब गर्छु ।

आमा : युकेजी पढेर के जब गर्छस् नि ?

फुच्चे : एलकेजी पढ्ने बहिनीहरूलाई ट्युसन पढाउँछु ।

०००

एक युवती जागिरका लागि अन्तर्वार्ता दिन गएकी थिई ।

बोस : त्यो कुन चीज हो, जसको २ वटा टायर हुन्छ,

ल बताऊ ?

युवती : बाइक ।

बोस : गलत, होन्डा बाइक । अब फेरी अर्को प्रश्न, त्यो कुन चीज हो, जसको ४ वटा

टायर हुन्छ ?

युवती : कार ।

बोस : गलत, टोयोटा कार ।

युवती : (हदै भएपछि) भयो, अब म तपाईंसँग एउटा प्रश्न सोध्छु, त्यसको जवाफ दिन सक्नुहुन्छ ? त्यो कुन चीज हो, जुन हेर्दा सेतो हुन्छ, तर त्यसको बीचमा कालो अन्डा हुन्छ ?

बोस : (सोच्दै) हाहाहा आँखा ।

युवती : गलत, तेरी आमाको आँखा (साला मलाई सिकाउँछ ।)

०००

नेता, डाक्टर र लालबहादुर

नेता, डाक्टर र लालबहादुरलाई राति रक्सी खाँदाखाँदै पुलिसले समातेछ ।

पुलिस : यसरी राति-राति रक्सी खाँदै हिँड्ने ? तिमीहरूलाई थाहा छैन ? रक्सी खानेले मेरो हातको ४० कोर्रा खान्छ । आज मेरी बूढीको जन्मदिन हो । त्यसैले कोर्रा हान्नुभन्दा पहिले तिमीहरूको के-के इच्छा छ भन ।

डाक्टर : मेरो ढाडमा एउटा सिरानी बाँधेर कोर्रा हान्नुस् ।

पुलिसले डाक्टरको ढाडमा एउटा सिरानी बाँधेर कोर्रा हानेछ । १० कोर्रा हान्दा सिरानी धुजा-धुजा परेर निस्किएछ । ३० कोर्रा डाक्टरको ढाडमा परेछ । त्यो देखेर नेता डराएछ, र बाठो बन्दै मेरो ढाडमा २ वटा सिरानी बाँध्नुस भनेछ । २० कोर्रा लगाएपछि २ वटै सिरानी सकिएछ । बाँकी २० कोर्रा नेताको ढाडमा परेछ । अब पालो लालबहादुरको आयो ।

पुलिस : तँ सर्वसाधारण रै'छस्, तँ दुईवटा कुरा माग ।

लालबहादुर : मलाई ८० कोर्रा हान्नुहोस सा'ब ।

पुलिस : -छक्क पर्दै) अनि अब अर्को माग ।

लालबहादुर : मेरो ढाडमा यो नेतालाई बाँध्नुहोस् ।

०००

तिघ्रामा तीन बुँदे सहमति

छोयलामा छ बँुदे सहमति

साँप्रामा सात बुँदे सहमति

बंकरमा बाँकी सहमति

बैठकपिच्छे सहमति

नेताज्यूको सहमति

सागभन्दा सस्तो भैसक्यो हजुर, सहमति ।

०००

इन्टर 'नेट' को भेटसँगै,

उनको मेरो 'चैट' भयो ।

पहिले याहुपछि फेसबुक हुँदै नगरकोटमा 'डेट' फिक्स भयो ।

सहिद 'गेट'मा के पुगेथें,

मलाई उनको 'रेट' थाहा भयो ।

पहिल्यै उनको अन्तै 'सेट' रै'छ, मलाई थाहा 'लेट' भयो ।

छुनसम्म पा'को थिनँ,

छुनसम्म पा'को थिनँ,

खै कसरी घैंटोजत्रो

उनको 'पेट' भयो ।

फेसबुकबाटै लभ पारुला भन्ने

मेरो सपना, चंगा जस्तै चेट भयो ।

०००

एउटा जँड्याहाले रातको १२ बजे भटि्टवाल्नीलाई फोन गरेर भनेछ ।

जँड्याहा : साहुनी, तपाईंको भटि्ट कति बजे खुल्छ ?

भट्टी साहुनी : बिहान ७ बजे ।

जँड्याहा : कति बजे रे ?

भट्टी साहुनी : बिहानको ७ बजे ।

एकछिनपछि फेरी जँड्याहाले फोन गर्दै ।

जँड्याहा : साहुनी, भट्टी कति बजे खुल्छ ?

भट्टी साहुनी : बिहानको  ७ बजे हौ, -अघि त्यत्रो खाँदा पनि चित्त बुझेन ? अब भोलि बिहान ७ बजे नै आउनु ।

जँड्याहा : खाएर त पुग्यो, तर म हिहिहिहि.....

भट्टी साहुनी : के को हिहिहिहि...

जँड्याहा : तर म तपाईंको भट्टीभित्रै छु, अब भन्नु न भट्टी बिहान कति बजे खुल्छ ?

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्