नयाँ धार्मिक शृंखला

नयाँ धार्मिक शृंखला

मंसिर १९, २०७१

लाइफ ओके च्यानलबाट प्रसारण भैरहेको धार्मिक शृंखला 'देवों का देव...महादेव' लाई एउटा नयाँ धार्मिक शृंखलाले विस्थापित गर्ने भएको छ । 'महाकुम्भ' शीर्षकको उक्त शृंखलामा पनि भगवान शिवका कथाहरू चित्रण गरिएको छ । अरविन्द बब्बलले निर्माण गरेको यो नयाँ शृंखलाले तीन वर्ष पुरानो शृंखलालाई विस्थापित गर्ने कुरा लाइफ ओके च्यानलले बताएको हो । समाचारमा जनाइएअनुसार 'महाकुम्भ' एउटा मिथोलोजिकल थ्रिलर हो । च्यानलले भगवान शिवका भक्तहरूलाई नयाँ शृंखलाले थप रोमाञ्चक अनुभव प्रदान गर्ने दाबी गरेको छ ।

सेलेनाको नराम्रो प्रतिमा  

जर्मनीको राजधानी बर्लिनस्थित मेडल तुसाद म्युजियममा अमेरिकी गायिका सेलेना गोमेजको मैनको प्रतिमालाई उनकै प्रशंसकहरूले नराम्रो मानेका छन् । सेलेनाको उक्त मूर्तिको तस्बिर सञ्चारमाध्यमबाट सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा उक्त तस्बिरलाई मजाकको विषय बनाइएको छ । भनिन्छ, उक्त आकृतिको अनुहार सेलेनाको भन्दा धेरै फरक छ । कतिपय सञ्चारकर्मीले मेडल तुसादको उक्त प्रतिमा हालसम्मकै सबैभन्दा खराब भएको टिप्पणी गरेका छन् ।

प्रकाशित :मंसिर १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्