
प्रारम्भ भयो डबली यात्रा
मंसिर २६, २०७१
गत शनिबारदेखि नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको सहकार्यमा डबली यात्रा प्रारम्भ भएको छ । डबली यात्राको प्रारम्भ नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री भक्त श्रेष्ठ (सरुभक्त) एवं वरिष्ठ नृत्यकार भैरवबहादुर थापाले झ्याम्टा पिटी संयुक्त रूपमा गरेका थिए । डबली यात्रा प्रारम्भ भएको अवसरमा विभिन्न गीत, संगीत, शास्त्रीय संगीत, नृत्य र नाटकहरू प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि भैरवबहादुर थापाले यो डबलीको परम्परागत महत्वलाई उजागर गर्नुका साथै संस्कृति संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउने कुरा बताए भने सरुभक्तले डबली यात्रालाई निरन्तरता दिने बताए ।
प्रकाशित :मंसिर २६, २०७१













तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्