मन्दिर बाहिर जुत्ता फुकाल्दा

मन्दिर बाहिर जुत्ता फुकाल्दा

- विदुर

मंसिर २६, २०७१

मन्दिर बाहिर जुत्ता फुकाल्दा

अनि कसैलाई मिसकल हान्दा  

बस एउटै डर लाग्छ

कसैले उठाइदेला....

०००

(चर्चित कविको चर्चित कविता)

फूलको हाँगा डालीले

दिल चोरी त्यो कालीले

फर्सी पाक्यो छानोमा

सँगै खेल्थ्यौं सानोमा

हेर्दा तर फुच्ची छे

एक नम्बरकी छुच्ची छे ।

डान्स गर्छे पार्टीमा

पोते छैन घाँटीमा

घाँस काट्ने डोको छ

विवाह गर्ने धोको छ ।

०००

सुखी जीवनका ६ मन्त्र

१. यदि पूजा गर्दै हुनुहुन्छ भने विश्वास गर्न सिक्नुहोस् ।

२. बोल्नुभन्दा पहिले सुन्न सिक्नुहोस् ।

३. खर्च गर्नुभन्दा पहिले कमाउन सिक्नुहोस् ।

४. केही लेख्नुभन्दा पहिले सोच्न सिक्नुहोस् ।

५. हार मान्नुभन्दा पहिले फेरी प्रयास गर्न सिक्नुहोस् ।

६. मर्नुभन्दा पहिले खुलेर जिउन सिक्नुहोस् ।

०००

मान्छे बस्ने त झुपडीमै हो, ठूला-ठूला महलमा त कुकुरहरू बस्छन्,

किनभने झुपडीमा लेखिएको हुन्छ- 'अतिथि देवो भव !'

तर महलका गेटमै लेखिएको हुन्छ

'कुकुरदेखि सावधान'

०००

जेलमा नयाँ चौकिदारको माग भएको थाहा पाएपछि शेरे पनि अन्तर्वार्ताका लागि गएछ,

जेलर : जेलका कैदीहरू धेरै बदमास छन्, दु:ख दिन्छन्, हल्ला गर्छन्, के तिमी यो सबै सहेर चौकीदारी गर्न सक्छौ ?

शेरे : यसमा केको टेन्सन ? धेरै हल्ला गरे भने सालेहरूलाई डन्डा हानेर बाहिर निकालिदिन्छु ।

०००

प्रहरी : तपाईंलाई जुन कारले ठक्कर दियो त्यो कारको रंग र नम्बर सम्झना छ ?

शेरे : थाहा छैन सर, तर कार चलाउने केटीले रातो सर्ट लगाएकी थिई, अनि उसको माथिको २ वटा बटन खुला थियो ।

०००

जानकारीका लागि

भगवान् र डाक्टरसँग कहिल्यै निहुँ खोज्नु हुँदैन ।

भगवान् रिसाए भने डाक्टरकहाँ पुर्‍याइदिन्छ,

अनि डाक्टर रिसायो भने भगवान्कहाँ पुर्‍याइदिन्छ ।

०००

शेरे एक दिन आफ्नो बाउसँगै सुतेछ, मध्यरातमा शेरेले भयंकर ठूलो सपना देखेछ । सपनामा शेरे डोरीको सहायताले सगरमाथा चढ्दै थियो, सगरमाथाको टुप्पोमा पुग्न लागेको बेलामा शेरेलाई बाउले गालामा कस्सिने गरी चढ्काएछ ।

शेरे जुरुक्क उठेर बाउलाई गाली गर्न थालेछ ।

शेरे : बाउ मलाई किन गालामा बजाको ? म डोरीको सहायताले सगरमाथा चढिसकेको थिए, टुप्पोमा झन्डा गाड्न मात्र बाँकी थियो ।

बाउ : तेरीमा गधा, रातभरि मेरो कट्टुको इँजार तानेर सुत्न दिइनस् त्यही भएर तँलाई गालामा बजाको बुझिस् अब ?

०००

जीवनमा तीन कुराको धेरै ख्याल राख्नुपर्छ ।

१. लडाइँ-झगडा नगर्नु

२. असभ्य र नालायक नहुनु

३. केटीहरूको तस्बिर, पोस्टमा जीवनमा कहिल्यै कमेन्ट नगर्नु

१ सय ८ दिन भो अझै नोटिफिकेसन आइरा'छ ।

०००

शेरेको कपडा पसलमा एक जना कन्जुस मन्त्री आए ।

मन्त्रि : घाँटीमा लगाउने एउटा टाई निकाल्नुस त भाइ ।

शेरेले टाइ निकालेर दियो, त्यसपछि पुन:

मन्त्रि : कति हो मूल्य ?

शेरे : १५ सय रुपैयाँ हो दाइ ।

मन्त्री : कस्तो कुरा गरेको भाइ, १५ सय रे, त्यतिमा त जुत्ता आउँछ, जुत्ता !

शेरे : (रिसाउदै) तपाईंको घाँटीमा टाईभन्दा जुत्तै बढी सुहाउँछ ।

०००

शेरे र युवतीको संवाद

शेरे : सुन्नुहोस् त, यो स्वीमिङ पुलमा नुहाउन मनाही छ ।

युवती : अनि मैले कपडा खोलुन्जेल चाहिँ किन नभनेको त ?

शेरे : यहाँ नुहाउन मनाही हो, कपडा खोल्न होइन, कपडा त जति खोले पनि हुन्छ ।

०००

खुसीको खबर

फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने एकाउन्टमा जानुहोस्, त्यसपछि एकाउन्ट सेटिङ्समा क्लिक गर्नुहोस् । नयाँ पेज खुल्छ, त्यसको बायाँतफर्को माथि सेक्युरिटीमा क्लिक गर्नुहोस् । त्यसपछि नयाँ खुल्ने पेजको तल डिएक्टिभेट योर एकाउन्ट छ । त्यसमा क्लिक गर्नुहोस् । अब तपाईंको फेसबुक एकाउन्ट बन्द हुन्छ । अब फेसबुक छोडेर काममा जानुहोस्, मज्जाले पैसा कमाइन्छ ।

०००

शेरे बिहान बिहान उठेर खालि आकाशमा ढुंगा हान्थ्यो, ३-४ महिनापछि उसकी बूढीले सोधि : बूढा, किन पागलजस्तो आकाशमा ढुंगा फ्यालेको ?

शेरे : नकरा, जोडी माथिबाटै बनाएर पठाएको हुन्छ रे, त्यही भएर मेरो जोडी बनाउनेलाई ढुंगा हानेको ।

०००

शेरे सुतिरहेका बेलामा लामखुट्टे आएर कानमा कराएछ, त्यति भएपछि के चाहियो र ? शेरेलाई निन्द्रा लागेनछ, शेरेले लामखुट्टेसँग बदला लिने विचार गरेछ । अनि एउटा लामखुट्टे समातेछ र हाहा नुनु गर भन्दै सुताएछ । लामखुट्टे निदाएछ । अनि लामखुट्टेको कानमा शेरे कराएछ, भुँ...भुँ....भुँ अब थाहा पाइस कस्तो हुँदो रहेछ भन्ने कुरा !

०००

गुरु : ल भन हर्के, रायोको सागमा भिटामिन ए पाइन्छ भने आँप र मकैमा के पाइन्छ ??

हर्के : कति सजिलो प्रश्न गुरु यो त, सबैलाई थाहा छ ।

गुरु : त्यसो भए भन न त ।

हर्के : गुरु, आँपमा कोया र मकैमा खोया पाइन्छ ।

०००

हाकुकाले स्कुलमा गधा लिएर गएछ,

शिक्षक : ओए, हाकु, गधा किन लिएर आ'को स्कुलमा ?

हाकु काले : हिजो खुप भन्दै थिइस् नि, मैले पढाएर कस्ता-कस्ता गधालाई मान्छे बनाए भनेर, लु अब यसको लाइफ बनाइदे त,

०००

शेरे दिनदिनै मागेर खाँदा खाँदा झ्याउ मानिरहेको थियो । एकदिन उसले भगवान्सँग प्रार्थना गर्‍यो र भन्यो : भगवान्, मलाई यस्तो खाने कुरा दिनुस् जुन जति खादा पनि खत्तम नहोस् ।

भगवान् विलखबन्दमा परे ।

तर शेरेको निष्ठापूर्वकको प्रार्थना सुनिसकेपछि भगवान्

बोले : लो बेटा, चुइगम !

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्