सविर श्रेष्ठ, निर्देशक

सविर श्रेष्ठ, निर्देशक

पुस ४, २०७१

तपाईंले निर्देशन गरेका चलचित्रको संख्या कति पुग्यो ?

'कसले चोर्‍यो मेरो मन'देखि 'तथास्तु'सम्म आइपुग्दा सातवटा भए ।

सातवटामध्ये पाँचवटामा त नायिका रेखा थापा नै छिन् नि होइन ?

हो, रेखा मेरो चलचित्रमा पहिलो प्राथमिकतामा पर्छिन् ।

किन अरू नायिकासँग 'ट्युनिङ' मिल्दैन ?

त्यसो होइन, मैले दिने भूमिकामा न्याय गर्ने क्षमता रेखा थापामा छ ।

कि तपाईंको पहिलो चलचित्र उनकै निर्माण कम्पनीबाट बनेकाले ऋण तिर्दै हुनुहुन्छ ?

मलाई पहिलो पटक निर्देशनमा अवसर दिने रेखा फिल्म्सप्रति अभारी त छँदैछु, तर उनलाई एकपछि अर्को चलचित्रमा लिनुमा म उनको विकल्प प्राय: भेट्दिनँ भनेर बुझ्नुभए पनि हुन्छ ।

अबका चलचित्रमा रेखाबाहेक अरू नायिका हुने सम्भावना कत्तिको छ ?

माघमा बन्ने चलचित्रमा पनि रेखा नै पक्का भैसकेकी छिन् । त्यसपछिका चलचित्रका बारेमा मैले सोचिसकेको छैन ।

'तथास्तु'को निर्माता पनि हुँदो रहेछ ? निर्देशन गरेर कमाएको पैसा लगानी गर्नु भएको हो ?

हो नि, अरू त के नै जानिएको छ र ?

लगानी गर्दा डुब्ला भन्ने डर लागेको छैन ?

डर लागेको भए किन लगानी गरिन्थ्यो र ?

चल्छ त 'तथास्तु' ?

ढुक्क छु । किनभने यसमा दर्शकलाई चाहिने सबै किसिमका मसला छन् ।

प्रचार सामग्रीमा तीन नायकभन्दा रेखा थापालाई बढी महत्व दिनुभएछ ?

चलचित्रकी केन्द्रीय पात्र उनी नै भएकीले ।

तपाईंको नराम्रो बानी ?

हत्तपत्त कसैसँग घुलमिल हुन सक्दिनँ ।   

मन नपर्ने सेलिब्रेटी ?

राखी सावन्त ।

जान्नैपर्ने तर नजानेको काम ?

मिडिया फ्रेन्ड्ली हुन  ।

चलचित्रबाहेक अरू पेसा ?

योबाहेक अरू के नै जानेको छु र ?

कसैलाई गाली गर्नुपर्‍यो भने सबैभन्दा पहिले निस्कने शब्द ?

ओहो, त्यो त भन्नै मिल्दैन । भनिहालेँ भने पनि तपाईंले छाप्न मिल्दैन ।  

मात्ने गरी पिएको सम्झना ?

मातेपछि के नै सम्झना रहन्छ र ?

तीनजना स्वदेशी सेक्सी नायिका ?

रेखा थापा, रेखा थापा र रेखा थापा ।

पहिलो सेक्स अनुभव ?

यस्तो कुरा पनि सार्वजनिक गर्नु र ?

एक जना नायिका जोसँग 'टाइट हग' गर्दा आत्मीयता महसुस हुन्छ ?

रेखा थापा ।

एउटी राम्री युवतीले तपाईंको चलचित्रमा काम गर्न जे पनि गर्ने प्रस्ताव राखिन् भने ?

जे पनि गर्नुहुन्न भनेर सम्झाइ बुझाइ नायिका हुन आवश्यक प्रशिक्षण लिने सुझाव दिन्थें ।  

कुन सेलिब्रेटीलाई सम्झंदा सेक्स डिजायर बढेर आउँछ ?

विपाशा वसु ।

चुम्बनमा मज्जा कि सेक्समा ?

चुम्बन गर्दै सेक्समा  ।

प्रकाशित :पुस ४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्