
डेनमार्कमा ज्योति
पुस ११, २०७१
'अँध्यारोमा ला'को माया काली छैन गोरी' गाउँदै स्टेजमा उत्रिएकी लोकदोहोरी गायिका ज्योति मगरले उत्तेजक प्रस्तुति दिँदै डेनमार्कका दर्शकलाई नाच्न बाध्य बनाइन् । पछिल्लो समय अंग प्रदर्शनका कारण चर्चामा रहेकी यी गायिकाले उक्त स्टेज शोमा पनि क्लिभेज देखिने पहिरन लगाएकी थिइन् ।
नाच्दै गीत गाएकी ज्योतिले उपस्थित दर्शकलाई पर्याप्त मनोरन्जन प्रदान गरिन् । बुधबार काठमाडौं ओर्लिएपछि उनले भनिन्- 'मेरा सबै गीतमा दर्शकले मज्जा लिनुभयो ।' डेनमार्कको उक्त शोमा गायक शिव परियार तथा गायिका मिलन अमात्य पनि आकर्षणको केन्द्र रहे । परियारले आफ्ना हिट नम्बरहरू प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे भने मिलनले पनि दर्शकहरूलाई नचाउन कुनै कसर बाँकी राखिनन् ।
प्रकाशित :पुस ११, २०७१














तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्