तपाईंलाई अहिले ३० घन्टासम्म जे-जे गरे पनि हुने

तपाईंलाई अहिले ३० घन्टासम्म जे-जे गरे पनि हुने

माघ २३, २०७१

तपाईंलाई अहिले ३० घन्टासम्म जे-जे गरे पनि हुने, कुनै कानुनी कारबाही नहुने भनियो भने के-के गर्नुहुन्थ्यो ?

      - एल.के.

म अहिले जे गरिरहेको छु त्यही गर्छु । कानुन लाग्दैन, कारबाही हुँदैन भन्दैमा नचाहिने काम गर्नुहुँदैन । कुनै कानुन नलागे पनि, कसैले कारबाही नगरे पनि माथि भगवान् हुनुहुन्छ कारबाही गर्ने । ३० घण्टापछि के-के नचाहिने काम गरिएको छ भगवान्ले बिस्तारै कारबाही गर्न थाल्नुहुन्छ ।

तपाईंलाई एक पटक जान पाए हुन्थ्यो भन्ने ठाउँ कुन हो ?

      - लोकेन्द्र कठायत

त्यस्ता ठाउँ धेरै छन् । जसमध्ये रारा ताल, मुक्तिनाथ, मनाङ र सगरमाथाको बेस क्याम्प जान पाए हुन्थ्यो ।

तपाईंलाई कुन नामले बोलाएको मनपर्छ, जितु कि मुन्द्रे ?

      - बिमला कार्की

मलाई प्राय: धेरै सोधिने प्रश्नमध्ये यो पनि एउटा हो । मलाई जितु वा मुन्द्रे जे भने नि खुसी लाग्छ । जितु मेरो वास्तविक नाम हो, मुन्द्रे म आफैंले सिर्जना गरेको नाम हो । दर्शक श्रोताले जे भनेर बोलाउनुहुन्छ मलाई स्वीकार्य छ ।

राम्री युवती देख्यो भने सबैभन्दा पहिले के गर्न मन लाग्छ ?

      - आशिष तिवारी

खै, मलाई त अहिलेसम्म त्यस्तो केही गर्न मन लाग्या छैन र नलागोस् पनि । आजभोलि एक-दुईवटी युवती मात्र राम्रा छैनन् सबै राम्रा छन् सबैलाई केही गर्न मन लाग्यो भने त सिध्दिगो नि ।

चलचित्र खेल्न मन छैन तपाईंलाई ?

      - विशाल अन्जान

लौ किन नहुनु नि । खेलिराख्या छु नि । पहिले-पहिले धेरै खेलें, पछि आएर छ एकान छ खेलें । अहिले फेरि वडा नम्बर ६ खेलिरहेको छु । तपाईं पनि बनाउने हो भने म तयार छु ।

सफल व्यक्तिका समूहहरू फुटिरहेका छन् । मानिस सफल हँुदै गयो भने अहंकारी हुन्छ हो ?

      - रत्न तुम्बाहाम्फे

सबै सफल व्यक्ति फुटिरहेका छैनन् । केही-केहीमा त्यस्तो देखिएको छ । नफुटेकाहरू पनि धेरै छन् । सफल कसरी भएको छ त्यसमा भर पर्छ । टुप्पाबाट पलाएको हो भने त्यस्तै हो । आफूले दु:ख नगरी अरूको भरमा, मेहनत नै नगरी सफल भएकाहरू अहंकारी हुन सक्छ ।

प्रकाशित :माघ २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्