किशोर केसीजी, सलाम छ तपाईंलाई ।

किशोर केसीजी, सलाम छ तपाईंलाई ।

चैत्र ६, २०७१

जे होस्, छोटो समयमा यो गीतले निकै राम्रो लोकप्रियता हासिल गरेको छ । (भाइरल भएको एउटा गीत, फागुन २९) सोमियाका अरू गीतले पनि लोकप्रियता हासिल गरून् ।

      - वसन्त विवस

किशोर केसीजी, सलाम छ तपाईंलाई । (पहिलोपल्ट जहाज उडाउँछु भन्दा पनि मानिसले गिज्याएका थिए, फागुन २९) अरूले के भन्छन् भन्दा पनि आफूले के गरिरहेको छु त्यसैमा विश्वास राख्नुहोस् । सफलता तपाईंको पछिपछि दौडिएर आउँछ । केही गर्न नसक्नेहरूले मात्र अरूको कुरा काट्छन् ।

      - दुर्गा खनाल, गौरादह, झापा

सन् २०१४ को दोस्रो स्टेपमा नेपालले ओमानसँग नभएर जोर्डनसँग खेलेको थियो । (उत्साहित तुल्याउने दुई जित, फागुन २९) अनि गोल पनि सुजलले गरेका थिए ।

      - प्रनिस प्रधान, धरान

सिस्नुपानीका अग्र्यानिक चुट्किला रमाइलो लाग्यो । (सिस्नुपानीका अग्र्यानिक चुट्किलाहरू, फागुन २९) मलाई त सिस्नुपानीसँगै यात्रा गरेजस्तो भयो ।

      - कुसुम शर्मा, धरान

करुणा कुँवरजीको सल्लाह राम्रो लाग्यो । (यौन मनोविज्ञान : अहिले पनि उक्त घटना सम्झेर ग्लानि हुन्छ, फागुन २९) म यसमा सहमत छु ।

      - कुमार मिश्र, दीपक सुवेदी

एन्जिला चौहानको भनाइ चित्त बुझ्यो । (परिपक्व एन्जिला, फागुन २९) मन मिल्यो भने सबैथोक हुन्छ, कसैले छेक्न सक्दैन ।

      - अनिसा सानु

गायिका निशा देशारलाई प्रेम गीतले नै चिनाएको हो । अझ उनको चिनारी 'तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ' बाटै चुलिएको हो ।

      - गौतम सापकोटा

शाहरूख खान नेपाल आउँदा किन यत्रो हल्लीखल्ली ? (शाहरूखका साढे ७ घण्टा, फागुन २९) नेपाली कलाकारहरूप्रति किन यस्तो क्रेज देखिँदैन ? हामी आफैं विदेशीहरूलाई किन यति प्राथमिकता दिन्छौं ?

      - जितेन लिम्बू

१ अर्ब डलरको साइबर डकैती ? (१ अर्ब डलरको साइबर डकैती, फागुन २९) ठूलै आपराधिक घटना पो भएछ ।

      - उत्तम श्रेष्ठ

प्रकाशित :चैत्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्