
५५ फिट अग्लो त्रिशूल
चैत्र २१, २०७१
दाङको धर्ना गाविसको धारापानीस्थित पाण्डवेश्वर मन्दिरमा ८ हजार १ सय १३ किलो तौलको ५५ दशमलव ५५ फिट अग्लो त्रिशूल राखिएको छ । महाशिवरात्रिका अवसरमा फागुन ५ गते स्थापना गरिएको उक्त त्रिशूल विश्वकै सबैभन्दा ठूलो भएको दाबी मन्दिर व्यवस्थापन समितिले गरेको छ । फलाम, पितल, तामा, सुन र चाँदीबाट तयार गरिएको उक्त त्रिशूल करिब २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । सोही अवसरमा मन्दिर क्षेत्रमा १ सय ८ जोडी वरपीपल र समीका बिरुवा त्रिशूल आकारमा रोपिएको छ भने १ सय ८ शिवलिंग स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित :चैत्र २१, २०७१












तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्