Teej banner
ठूलो त्रिशूल

ठूलो त्रिशूल

जेष्ठ २२, २०७२

प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको शिव मन्दिरको प्राङ्गणमा ठूलो त्रिशूल स्थापना गरिएको छ । यसले नयाँ गन्तव्य थपेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । जमिनको सतहबाट साढे २६ फिट अग्लो तथा साढे ६ फिट चौडा उक्त त्रिशूल हौगल, ललितपुरका केदार ताम्राकारले बनाएका हुन् । ‘यो पोखराकै सबैभन्दा ठूलो त्रिशूल हो,’  विन्ध्यवासिनी महिला भजन समूहले व्यक्तिगत रूपमा रकम संकलन गरेर यो त्रिशूल स्थापनागरेको हो । उक्त त्रिशूलमा १ सय १० किलो तामा प्रयोग गरिएको छ ।

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्