भूकम्पको चपेटाबाट मर्माहत नेपालीहरू

जेष्ठ ३२, २०७२

भूकम्पको चपेटाबाट मर्माहत नेपालीहरूलाई नि:स्वार्थ भावनाले ओतप्रोत भएका युवाहरूको मलहमपट्टी रूपी सहयोगको टड्कारो आवश्यकता थियो। (स्यालुट तन्नेरीहरूलाई) विपद्लाई अवसरका रूपमा लिई केही व्यक्तिहरूले सस्तो लोकप्रियताका लागि सम्प्रेषण गरेका समाचारहरू सुनिरहेको अवस्थामा यो लेखले धेरै नेपाली तरंंगित हुन पुगेका छन्। विपद्को यो समयमा युवाहरू उद्धार कार्यमा नलागेको भन्ने पनि होइन, कतिपय युवाहरू नि:स्वार्थ भावनाले स्वस्फूर्त रूपमा तन, मन, धन र वचनले विभिन्न किसिमबाट उद्धारमा खटिएका छन्।

बज्र बस्नेत, सतुंंगल

मनोज गजुरेलका प्रस्तुतिहरू एकसे एक हुन्छन्। (ढुक्क हुनोस्, केही नहुन्जेल केही पनि हुँदैन) सत्य कुरालाई व्यंग्यात्मक तरीकाले प्रस्तुत गर्ने गजुरेलको खुबीलाई सलाम छ। यो लेख पढेपछि केही नलेखी बस्नै सकिन। समग्रमा लेख मन छुने छ। अझ अन्तिम लाइन कटु सत्य थियो।

रेनु तामाङ, ललितपुर

ऐतिहासिक शासन र त्यसले पारेको असर साथै भोग्नुपरेको घट्नाको सन्दर्भमा समेटिएको इतिहास स्तम्भले केही हदसम्म पहिले भए गरेका सत्य घटना प्रस्तुत गरेको छ। (इतिहास) यो स्तम्भले निरन्तरता पाओस्।

द्रोण आचार्य

यसलाई अलि परिमार्जन गरेर हिपहप लुक्स दिने डिजाइनरको कमी भएछ। (पहिरन, नेपाली ह्याट) आधुनिक पुस्ताले रुचाउने खालको हुनुपर्‍यो।

विराज मोक्तान

चलचित्र क्षेत्र नै त्यस्तो क्षेत्र हो जहाँ मोजमस्ती र रोमान्स चलिरहन्छ। (बलिउड : आलियाकी आमाको स्पष्टोक्ति) यो कुनै नौलो कुरा होइन।

राजन एस पाण्डे, कैलाली

रोहिणी, तिमीलाई जीवनका प्रत्येक पाइलामा सफलता मिलोस्। (अभिनयमा रोहिणी)

विराज सिटौला

गायक तथा संगीतकार अराज केशवलाई हार्दिक बधाई छ। (बन्धनमा अराज) तपाईंको यो दोस्रो वैवाहिक जीवन सुखमय होस्।

सिद्धार्थ थापा

 

प्रकाशित :जेष्ठ ३२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्