ग्ल्यामरस बन्दै नाडा अटो शो
आश्विन २, २०७२
काठमाडौंको भृकुटी मण्डपमा भदौं २९ वाट प्रारम्भ भएको नाडा अटो शोमा दर्शक र खरिदकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको छ ।
नेपालमा अटोमोवाइलको क्षेत्रमा कारोवार गरिरहेका ९० प्रतिशत ब्यापारिक कम्पनीहरुले हालै भित्राएका नयाँ मोडेलका सवारी साधनहरुलाई प्रस्तुत गरेका छन् । यसपटकको शोमा १५ वटा मोटरसाइकल कम्पनी, १४ वटा मोटर कम्पनी र ५ वटा हेभी कमर्सियल गाडी कम्पनीहरुले सहभागिता गरेका छन् । मेलामा युवायुवतीहरुको दुई पाङ्ग्रे मोटर साइकल र स्कुटर प्रति आकर्षण बढी रहेको छ । अझ कम्पनीहरुले आफ्नो ब्यापार प्रवद्र्धन गर्न मोडलहरुलाई समावेश गरेपछि शोको रौनक ग्ल्यामरस भैरहेको छ । यो शो असोज ४ गतेसम्म चल्ने आयोजकले जानकारी गराएका छन् ।
तस्विरहरु : नवराज वाग्ले
प्रकाशित :आश्विन २, २०७२




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्