भोली प्रदर्शित हुने चलचित्र नागरिक (ट्रेलर सहित)
कार्तिक १९, २०७२
समकालीन राजनीति मा केन्द्रित चलचित्र ‘नागरिक’ भोली शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा वि.सं. २००७ देखि वर्तमान राजनैतिक गतिविधिसम्मलाई समेटिएको छ ।
नेपालको हरेक राजनीतिक कालखण्डमा राजनितिज्ञहरूले जनतामाझ गरिएका वाचाहरू कसरी बिर्सन्छन् ? जनताले छानेर पठाएका जनप्रतिनिधिहरू पदलोलुपताको स्वार्थमा फसेर देश र जनताप्रतिको आफ्नो कर्तव्य भुल्दै जाने कुरालाई चलचित्र नागरिकमा सटीक ढंगबाट प्रस्तुत गर्न खोजेको छ ।
३० को दशकको चलचित्र ‘सिन्दूर’का नायक विश्व बस्नेत यो चलचित्रमा जनता बनेका छन् भने रमेश बुढाथोकी र सरिता गिरी जनप्रतिनिधि । मनु इन्टरटेन्टटेन्टको प्रस्तुति ‘नागरिक’लाई विमल पौडेलले निर्देशन गरेका हुन् ।
निर्देशक : विमल पौडेल
संगीत : लक्ष्मण शेष
कलाकार : विश्व बस्नेत, रमेश बुढाथोकी, अनु शाह, सरिता गिरी आदि ।
प्रकाशित :कार्तिक १९, २०७२



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्