बेकह्यामको अफेयर
मंसिर १७, २०७२
हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नयाँ प्रेमी फेला पारेकी छिन् । पूर्वफुटबलर डेभिड बेकह्यामको प्रेममा भुतुक्क एनिस्टनले बेकह्यामसमक्ष डेटको प्रस्ताव राखेकी थिइन् । उनीहरू बिजनेस पार्टनर भएकाले पनि एनिस्टन बेकह्यामसँग नजिकिँदै गएको सूत्रले बताएको छ ।
केही अघि यी दुईले मोटरसाइकलको क्लोदिङ लाइन सुरु गरेका थिए । त्यसपछि झाँगिएको यो सम्बन्ध प्रेममा पुगेको बताइन्छ । गोप्य तवरले जेनिफर र बेकह्याम डेटमा मस्त रहेको बुझिन्छ । यो सम्बन्धका बारेमा थाहा पाएपछि जेनिफरका श्रीमान् जस्टिन थोराक्स रिसले चुर भएका छन् । आफ्नो ल्यापटपमा बेकह्यामको वालपेपर देखेपछि जस्टिन झोक्किएका थिए ।
जेनिफरले नै बेकह्यामको तस्बिर उनको ल्यापटपको वालपेपरमा सेट गरेकी थिइन् । स्मरण रहोस्, जस्टिन र जेनिफरले लामो समयको प्रेमसम्बन्धलाई मूर्त रूप दिँदै यही वर्ष विवाह गरेका थिए ।
प्रकाशित :मंसिर १७, २०७२















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्