नेपाल, नेभर इन्डस् पिस एण्ड लभ निर्माण हुने
मंसिर १७, २०७२
नेपालको पछिल्लो वस्तुस्थिति माथि केन्द्रित रहेर नेपाल सिंगो मुलुक शान्ति क्षेत्र हुनुपर्ने सन्देश प्रवाह गर्ने विषयवस्तु माथि लघु चलचित्र निर्माण हुने भएको छ । युहान मोसन पिक्चर्सले निर्माण गर्न लागेको यो चलचित्र अंग्रेजी वर्णमाला अनुसार नेपाल शब्दको नेपाल: नेभर इन्डस् पिस एण्ड लभ राखिएको छ ।
जनक खड्काको कथा, पटकथा, संवाद एवं निर्देशन रहने यो चलचित्रलाई सानु खानले निर्माण गर्न लागेका हुन् । यस लघु चलचित्रमा मोडल जुनिम गहतराजले नायकका रुपमा डेब्यु गर्ने भएका छन् भने अभिनेत्रीमा केकी अधिकारी रहेकी छिन्, अभिनेताद्वयमा शुशिल श्रेष्ठ र हसन राजा खान फाइनल भैसकेका छन् ।
चलचित्रको छायाँकन सुमन कोइरालाले गर्ने छन् भने नहकुल खड्का चलचित्रका सम्पादक रहने छन् । राष्ट्र र राष्ट्रियताप्रति समर्पित करिव ४५ मिनेट लामो यस लघु चलचित्रले जात, धर्म, बर्ग र क्षेत्र भन्दा माथि देश हुने र देशलाई आफ्नो व्यक्तिगत लाभ र स्वार्थका लागि प्रयोग गर्न नहुने सन्देश प्रवाह गर्ने निर्माण पक्षले जनाएको छ । आगामी आइतबारबाट छायांकन हुने छ ।
प्रकाशित :मंसिर १७, २०७२




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्